प्रधानमन्त्रीले संसदमा खुलाए खास दल मिल्नुको कारण
नेपालबहस संवाददाता
साउन ६, २०८१ आइतबार १५:५:५१
६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बिग्रिएको हेर्न नसकेर कांग्रेस र एमाले मिल्ने निर्णय भएको बताएका छन् । एमाले र कांग्रेसले काँध थाप्दा पनि अघिल्लो सरकारले लय समाउन नसकेको उनले बताए । आइतबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले प्रचण्ड सरकारले थिति बसाल्न नसकेपछि नयाँ सरकार बनाइएको बताए ।
उनले आफू नेतृत्वको सरकारको ५ प्राथमिकता रहेको बताए । उनले थालेको काम पूरा गर्ने, काम गर्ने क्षमता अभिवृद्धि गर्ने, मूल्यांकन प्रणाली बलियो बनाउने, नीतिगत सुधार गर्ने र निर्माण व्यवसायीको भुक्तानी समयमा नै दिने आफ्नो सरकारको प्राथमिकता भएको सुनाए । यो सरकार काम भइरहेको छ भन्न होइन थालेको काम सकियो भन्ने सुनाउन आतुर रहेको बताए । ’
ओलीले विकास आयोजनामा काम भइरहेको देखिने तर कहिल्यै नसकिने देखिएको भन्दै यस्ता आयोजनालाई समेत राष्ट्रिय गौरवमा राखिएको भन्दै आश्चर्य व्यक्त गरे । उनले भने, ‘नेपाली कांग्रेस र नेकपा एमाले जस्ता बलिया पार्टीले पटक–पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय समातेन । सरकारले थिति बसाल्न सकेन । थिति बसाल्ने रुची पनि राखेन । जसको कारण समाजमा अनेकन दुषित परिणाम निस्कने खतरा बढ्यो । त्यसलाई हामीले टुलुटुल हेरर बस्न सकेनौँ । यही कुरालाई आत्मसात गरी पुरानो सरकारको ठाउँमा यो नयाँ सरकार बनाएका हौँ ।’
ओलीले एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी भएको बताए । तर, खास समयमा दुई पार्टीबीच सहकार्य भएको र देशलाई परिणाम पनि दिएको जिकिर गरे । ओलीले साँतबुदे सहमति गरी फेरि सहकार्यको थालनी गरेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनलाई पश्चगमनको संज्ञा दिएको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले जसले जीवन बलिदान गरेर हिंसालाई सही बाटोमा ल्याउँदै तानाशाह फ्याँक्यो तिनै पार्टीले कसरी संविधान सिध्याउँछन् ? भन्दै प्रश्न गरे । उनले नेपालमा लोकतन्त्र ल्याउने पार्टीले संविधान कसरी खान्छ ? भन्दै थप प्रश्न गरे । उनले नेपाली कांग्रेस र नेकपा (एमाले)ले संविधान खाने भए कसले बचाइदिन्छ ? भन्ने प्रश्न पनि गरे ।
उनले भने, ‘संविधान संशोधन गर्नु पश्चगमन भनेको सुनेको छु । लोकतन्त्र शब्द कसले सुनायो नेपालमा ? कांग्रेस–कम्युनिस्टले होला नि । यी नै पार्टी संविधान खाने भए, पञ्चायतकालामा जनमतसंग्रहको बेला बच्चाबच्ची रोयो भने ‘ए नबोल नबोल, जनमतसंग्रह भाँडिन्छ’ भनेर अल्मलाउने चलन थियो, ‘चुप लाग चुप लाग’ भन्थे । यो त यस्तै भयो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार