कारोबारको पहिलो दिन नेप्से ६१ अंकले बढ्यो

नेपालबहस संवाददाता
साउन ६, २०८१ आइतबार १५:२६:०

६ असार, काठमाडौं । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढ्दा कारोबार रकम रु १५ अर्ब नाघेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अंक अर्थात् दुई दशमलव ५४ प्रतिशतले बढेर दुई हजार चार सय ८५ दशमलव ९४ को विन्दुमा कायम भएको हो ।
आज तीन सय १५ कम्पनीको चार करोड ११ लाख ९५ हजार पाँच सय ३४ कित्ता शेयर एक लाख ७७ हजार चार सय ६७ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार दुई सय ९० बराबरको कारोबार भएको छ । व्यापार समूहको उपसूचकमा सबैभन्दा धेरै छ दशमलव ८० प्रतिशतले बढेको छ । बैंकिङ तीन दशमलव ८६, विकास बैंक एक दशमलव ४१, वित्त एक दशमलव ५१, होटल तथा पर्यटन चार दशमलव २१, जलविद्युत एक दशमलव ३७ र लगानी समूह दुई दशमलव ६८ प्रतिशतले बढेको छ ।
उत्पादन तथा प्रशोधन दुई दशमलव ९७, लघुवित्त एक दशमलव ६१, म्युचुअल फन्ड एक दशमलव ५२, निर्जीवन बीमा शून्य दशमलव ६५ र अन्य समूह तीन दशमलव ३८ प्रतिशतले बढेको छ । युनाईटेड मोदी हाईड्रोपावर लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको रु ३४ करोड १० लाख ९६ हजार तीन सय सात बराबरको कारोबार छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको १४ लाख ९० हजार पाँच सय ५० कित्ता शेयर किनबेच भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
नेपालबहस संवाददाता
माघ २७, २०८१ आइतबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
साँखुमा स्कुलबस दुर्घटना: ३ जनाको मृत्यु, ४० घाइते
माघ ३०, २०८१ बुधबार
मालपोत कार्यालय लहानको कामकाज प्रभावित
माघ ३०, २०८१ बुधबार
हल गोरु पाल्ने कृषकलाई अनुदान
माघ ३०, २०८१ बुधबार
भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने लोसपाको निर्णय
माघ ३०, २०८१ बुधबार
२० लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ ३०, २०८१ बुधबार