लागुऔषधबाट युवालाई जोगाउन फुटबल प्रशिक्षण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन ६, २०८१ आइतबार १५:५०:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/football_eGsJPPnUcn_1K7JKqOHHK.jpg)
६ साउन, कैलाली । कैलालीको टीकापुरका गजेन्द्र शाही फुटबल खेलाडीमा निकै परिचित नाम हो । राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडीसमेत रहेका उनलाई टीकापुर क्षेत्रलाई चिनाउने व्यक्तिमध्ये एक मानिन्छ । अन्य थुप्रै लिगमा सहभागी भएर लिगको उपाधिसमेत दिलाउन सफल गजेन्द्र खेलकुद अनुशासनको एउटा पाठशाला भएको बताउछन् ।
“हामीमा सबैभन्दा पहिले चाहिने भनेको आत्मविश्वास र अनुशासन हो, जुन कुरा खेल क्षेत्रमा राम्रोसँग सिक्न पाइन्छ”, उनी भन्छन्, “आत्मविश्वास र अनुशासन भएको व्यक्ति खेलकुद क्षेत्रमा मात्रै नभई हरेक क्षेत्रमा सफल हुनसक्छ ।” सक्रिय खेल जीवनबाट बिदा लिइसकेका गजेन्द्र यतिबेला स्थानीय क्षेत्रमा खेलाडी उत्पादनको काममा लागेको छ ।
फोर्टिन जिआर एकेडेमीमार्फत एक सय ५० बालबालिकालाई उनले फुटबलको प्रशिक्षण गराउँदै आएको छ । उनको उद्देश्य समाज लागुऔषधका कारण आक्रान्त बन्दै दिनप्रतिदिन युवाहरू कुलतमा फस्दै गएको अवस्थामा खेलकुदका माध्यमबाट त्यस्ता कुलतमा लागेका र जोखिममा रहेका युवालाई बाहिर ल्याउने रहेको छ ।
“व्यक्तिगत जीवनसँगै समाजका लागि केही राम्रो काम गर्ने दायित्व सबैमा हुनुपर्छ, आज जति पनि खेलाडी उत्पादन भएका छन् ती ग्रासरुटबाटै उत्पादन भएको पाइन्छ”, उनले भने, “अर्कोतिर साथी सङ्गतिको कारण कुलत तथा अन्य आपराधिक क्रियाकलापमा फस्न सक्ने सम्भावनालाई खेलकुदका क्षेत्रबाट कम गर्ने प्रयास गरेका छौँ ।”
खेलाडी उत्पादनका क्षेत्रमा भएको प्रयासलाई राम्रो कामको सुरुआत भएको बताइएको छ । खासगरी युवा तथा वयस्कहरु लागुऔषध दुर्व्यसनीमा फस्दै गएका बेला उनीहरुलाई त्यो गलत बाटो बिर्सेर नयाँ जीवनको सुरुआत गर्ने क्षेत्र खेलकुद बन्न सक्ने सुदूरपश्चिम नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डा. जगतबहादुर रावल बताउँछन् ।
“खेल क्षेत्र अनुशासनको एउटा महत्वपूर्ण पाठशाला हो, जहाँ सम्भावनासँगै असल व्यक्तित्व निर्माण गर्न सकिन्छ”, उनले भने, “अर्कोतिर लागुऔषध दुव्र्यसनीबाट बच्नका लागि खेलकुद क्षेत्र समाजकै उपलब्धिको स्रोत बन्न सक्छ ।”
लागुऔषध दुव्र्यसनी लगायत आपराधिक गतिविधिका कारण समाज जटिल अवस्थामा पुगेको भन्दै त्यसलाई सामान्य अवस्थामा ल्याउन खेलकुद क्षेत्र महत्वपूर्ण माध्यम हुने नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल बताउँछन् । उनले खेलकुद क्षेत्रमा राज्यको लगानी हुनुपर्नेमा पनि जोड दिए ।
अनुशासन र कडा परिश्रमले मात्रै उत्कृष्ट खेलाडीको जन्म हुने स्थानीय समाजसेवी राजकुमार हमाल बताउँछन् । “हाम्रो समाजमा दिनप्रतिदिन सुधार केन्द्र थपिँदै गएका छन्, यसलाई शुभ संकेत मान्न सकिँदैन”, उनी भन्छन्, “ जसरी सुधार केन्द्र थपिँदै गएका छन्, त्यसैगरी खेलकुदका गतिविधि थपिँदै जानुपर्छ, जसले युवा तथा वयस्क अझै भनौँ अब आउने पुस्तालाई सहि मार्गमा डो¥याउन सकियोस् ।”
इलाका प्रहरी कार्यालय टीकापुरको तथ्यांकले पनि सबैभन्दा बढी मुद्दा दर्ता लागुऔषधमा भएको देखाएको छ । पछिल्लो तीन वर्षयता वार्षिक ४० भन्दा बढी मुद्दा लागुऔषधमा दर्ता भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए । टीकापुर क्षेत्रमा खेलाडी उत्पादनका लागि गरिएको प्रयासले निकट भविश्यमा थुप्रै सम्भावना बोकेका खेलाडी राष्ट्रले पाउने विश्वास गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली फूटबल हेर्न रंगशाला जाने
फागुन ३, २०८१ शनिबार
अन्तराष्ट्रिय फुटबलमा भाग लिन नेपाली टोलीकी कप्तान काठमाडौंमा
माघ ३०, २०८१ बुधबार
अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा
माघ २९, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार