दुई ठूला दल मिलेर बनाएको सरकारले पनि उस्तै गल्ती गर्यो भने देश कोल्याप्स हुन्छः कोइराला
नेपालबहस संवाददाता
साउन ६, २०८१ आइतबार १६:७:१८
६ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले अहिलेको सरकार पनि असफल भयो भने देश कोल्याप्सको बाटोमा जाने चिन्ता देखाएका छन् । उनले कांग्रेस र एमाले मिलेर बनाएको सरकार असफल भयो, फेरी उस्तै गल्ती दोहोरिए भने जनातामा जाने बाटो बन्द हुने बताएका छन् । दुई ठूला दललाई अब गल्ती गर्ने छुट नभएको उनको भनाइ छ ।
अब जनताले सुशासनको अनुभुती हुने गरि सरकारले काम गर्नुपर्ने उनले बताए । अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकाले यसप्रति कांग्रेस र एमालेका नेता पनि सचेत हुनुपर्नेमा उनले बताए । देशको अहिलेको परिस्थिति अत्यन्तै खराब रहेको बताउँदै कोइरालाले भने, अब पनि दुई ठुला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स हुनसक्छ ।
आफ्नो पार्टी सरकारमा छ त्यसैले उनीहरुले गरेका सबै काम ठिक छ भनेर चुप लागेर नबस्न नहुने उनको तर्क थियो । यदि मन्त्रीहरूले गलत काम गरे तिनको आलोचना र विरोध गर्न कार्यकर्तालाई आग्रह समेत गरे । उनले जनभावना बिरोधि काम गर्ने छुट प्रधानमन्त्री र मन्त्रीलाई नभएको बताए ।
वीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा वीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौंमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै कांग्रेस नेता कोइराला वीपी कोइरालाको सिद्धान्त अनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिड्न नसकेको बताए ।
उनले भने, ‘हिजो पश्चिमको साथीलाई चोट लाग्दा पुर्वको साथीलाई दुख्थ्यो । पुर्वको साथीको पिडाले पश्चिमको साथीलाई पोल्थ्यो, हामी आफुलाई वीपीका अनुयायी भन्छौं तर स्वार्थमा परेर आफू–आफुमै लड्छौं । वीपीले त यस्तो कहिल्यै सिकाउँनु भएन । हिजोको त्यो आत्मियता कहाँ गयो ?।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
त्रिविको सम्पति छानबिन आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन
पुष २, २०८१ मंगलबार
अल्पसङ्ख्यकहरूको अधिकारमा नेपाल विश्वकै उदाहरणीय: परराष्ट्रमन्त्री राणा
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार