काभ्रेपलाञ्चोक अदालतद्वारा तीन सय ८८ वर्ष कैद असुल
नेपालबहस संवाददाता
साउन ६, २०८१ आइतबार १६:५६:३२
६ साउन, काभ्रेपलाञ्चोक । जिल्ला अदालतले एक वर्षमा विभिन्न मुद्दाका प्रतिवादीबाट तीन सय ८८ वर्ष तीन महिना सात दिन कैद असुल गरेको छ । अदालतले आर्थिक वर्ष २०८०/८१ मा फर्स्यौट भएका एक हजार नौ सय ३७ मुद्दाबाट उक्त समय कैद असुल गरिएको जनाइएको छ ।
अदालतले कैदतर्फ प्रहरीमार्फत ९८ वर्ष पाँच महिना नौ दिन, अदालतमा भएका फैसलाबाट दुई सय ४६ वर्ष दुई महिना १२ दिन, अन्य निकायमार्फत ४३ वर्ष सात महिना १६ दिन गरी उक्त तीन सय ८८ वर्ष तीन महिना सात दिन कैद असुल गरेको अदालतका स्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिए ।
उनका अनुसार अदालतले विभिन्न अदालतबाट भएको फैसला कार्यान्वयनका क्रममा एक हजार सात सय ९० वर्ष तीन महिना दुई दिन कैद असुल गर्न बाँकी रहेको छ । एक वर्षमा कैद असुल गरिएका प्रतिवादी तथा अन्य विभिन्न मुद्दासमेत गरी डोरबाट रु ५७ लाख ८४ हजार पाँच सय, प्रहरीमार्फत रु ४४ लाख २६ हजार नौ सय तथा विभिन्न तरिकाबाट रु नौ लाख ६३ हजार दुई सय राजस्व असुल गरिएको हो ।
यस्तै, अदालतले बितेका आवमा लक्ष्यको ९६ दशमलव ६६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । उक्त आवमा दुई हजार चार मुद्दा फछ्र्यौटको लक्ष्य राखिएकामा अदालतबाट एक हजार नौ सय ३७ अर्थात् ९६ दशमलव ६६ प्रतिशत मुद्दा फछ्र्यौट भएका जनाइयो । लगततर्फ एक हजार दुई सय २८ पुरानो जिम्मेवारी सरेर आएका मुद्दा थिए भने दुई हजार ६७ नयाँ मुद्दा दर्ता भएका थिए ।
नयाँ–पुरानो गरी जम्मा तीन हजार दुई सय ९५ मुद्दा रहेकामा एक हजार नौ सय ३७ फछ्र्यौट भएर एक हजार तीन सय ५८ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको राईले जानकारी दिए । राईका अनुसार अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा रहेको थियो । अदालतले मुद्दाको प्रकृति हेरेर तीन वर्गमा मुद्दाको बाँडफाँट गर्दै सुनुवाइ गर्ने गरेको छ । त्यसमा सरल मार्ग, सामान्य मार्ग र विशेष मार्गअन्तर्गत रही मुद्दा तामेल गर्ने गरिएको बताइन्छ ।
अदालतको तथ्याङ्कअनुसार सबैभन्दा बढी न्यायाधीश राजेन्द्र नेपालले सात सय ३६ मुद्दा फछ्र्यौट गर्नुभएको छभने न्यायाधीश विश्वनाथ भट्टराईले छ सय तीन, न्यायाधीश शिवकुमार पोखरेलले चार सय नौ, न्यायाधीश मोहनराज भट्टराईले ६६ र न्यायाधीश रीताकुमारी बख्रेलले एक सय २३ मुद्दा फछ्र्यौट गरेको थियो ।
मुद्दा फछ्र्यौटको अवधिगत वर्गीरणअन्तर्गत छ महिनाभित्रका पाँच सय ४३, छ देखि १२ महिनाभित्रका पाँच सय ८७, १२ देखि १८ महिनाभित्रका चार सय ६८, दुई वर्ष नाघेका दुई सय नौ गरी कूल एक हजार नौ सय ३७ मुद्दा फछ्र्यौट भएको थियो ।
यसैबीच, जिल्ला अदालतले पेसी र तारेख व्यवस्थापनमा स्वचालित प्रणाली लागू गर्ने भएको छ । सर्वोच्च अदालत र उच्च अदालतमा लागू भइसकेको उक्त प्रणाली अदालतमा पनि यही साउनदेखि लागू गरिने तथा भदौ महिनादेखि पूर्णरुपमा कार्यान्वनमा लगिने न्यायाधीश भट्टराईले बताए । उनका अनुसार उक्त प्रणालीमा मानवीय हस्तक्षपरहित हुने भएकाले न्याय सम्पादनमा सहज हुने अपेक्षा गरिएको छ । यसअघि गोलाप्रथाद्वारा पेसी/तारेख तोक्ने गरिन्थ्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यक्ति ठगी मुद्दाका आरोपी अनिल पोखरेलसँग अदालतले माग्यो ५ लाख धरौटी
माघ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
माघ १०, २०८१ बिहिबार
आवश्यकताअनुसार औषधि उपलब्ध गराउने गरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल
माघ १०, २०८१ बिहिबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाई
माघ १०, २०८१ बिहिबार