इजराइलले हुथी विद्रोहीमाथि आक्रमण गरेको केही घन्टापछि यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र खसाल्यो
नेपालबहस संवाददाता
साउन ६, २०८१ आइतबार २२:४७:४७
६ साउन, काठमाडौं । इजराइली युद्धक विमानहरूले यमनमा धेरै हुथी लक्ष्यहरूमा आक्रमण गरेको केही घन्टापछि आइतबार बिहानै यमनबाट प्रहार गरिएको क्षेप्यास्त्रलाई रोकेको इजराइली सेनाले बताएको छ ।
तेल अभिवमा घातक हुथी ड्रोन आक्रमणको जवाफमा इजराइलले हवाई आक्रमण गरेको थियो । इजराइलले हमासविरुद्धको आफ्नो नौ महिनाको युद्धका क्रममा बारम्बार हुथी आक्रमणहरूको जवाफ दिएको यो पहिलो पटक थियो ।
टाढाका शत्रुहरूबीचको हिंसाको विस्फोटले यस क्षेत्रमा इरानी प्रोक्सीहरूको शृङ्खलासँग लड्ने क्रममा इजराइलले नयाँ मोर्चा खोल्ने धम्की दिएको छ ।
इजराइली सेनाले शनिबार राति हुथीको गढ रहेको पश्चिमी यमनी बन्दरगाह सहर होदेइदाहमा हवाई आक्रमण गरेको पुष्टि गरेको छ । सयौँ हुथी आक्रमणको जवाफमा अमेरिका–निर्मित एफ–१५ र एफ–३५ युद्धक विमानहरूमार्फत आक्रमण गरिएको सेनाले बताएको छ ।
इजराइलले अमेरिका, बेलायत र यस क्षेत्रमा अन्य पश्चिमी सहयोगीसँग मिलेर करिब सबै हुथी क्षेप्यास्त्र र ड्रोनहरूलाई रोकेको छ । तर शुक्रबार बिहानै एउटा हुथी ड्रोन इजराइलको हवाई प्रतिरक्षामा प्रवेश गरेर इजराइलको व्यावसायिक तथा सांस्कृतिक राजधानी तेल अभिवमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको थियो ।
इजराइली सेनाले शनिबारको आक्रमण इजराइलबाट करिब एक हजार सात सय किलोमिटर आफ्नो हवाई सेनाले सबैभन्दा जटिल र सबैभन्दा लामो दूरीको कारवाहीमध्येको एक थियो भनेको छ । सेनाले यमनमा इरानी हतियार पुर्याउन प्रयोग गरिने बन्दरगाहमा आक्रमण गरेको बताएको छ ।
सानाको स्वास्थ्य मन्त्रालयले होदेइदाहमा भएको आक्रमणमा प्रारम्भिक सङ्ख्यामा ८० जना घाइते भएको र तीमध्ये अधिकांश गम्भीर रूपमा जलेको बताएको छ । इजराइली आक्रमणबाट सहरको बन्दरगाहमा भीषण आगो लागेको थियो ।
“अहिले होदेइदाहमा लागिरहेको आगो पूरा मध्यपूर्वमा देखिएको छ र यसको महत्त्व स्पष्ट छ”, इजराइलका रक्षामन्त्री योभ ग्यालेन्टले भने । उनले आवश्यक परे कुनै पनि स्थानहरूमा यस्तै प्रकारका आक्रमण गरिने वाचा गरे । अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणलगत्तै गाजामा जारी इजराइली आक्रमणपछि हमाससँग ऐक्यबता जनाउँदै इजराइलमाथि आक्रमण गर्ने धेरै इरानी समर्थित समूहमध्ये हुथी पनि एक हो ।
हमाससँग लड्नेबाहेक इजराइली सेना लेबनानमा हिजबुल्लाह लडाकू समूहसँग दैनिक झडपमा संलग्न भएको छ । झडपहरूले लडाइँ लेबनान र त्योभन्दा बाहिर पूर्ण युद्धमा परिवर्तन हुनसक्ने चिन्ता बढाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
पोखराविरुद्ध ५ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्सले सुनिश्चित गर्यो प्लेअफमा स्थान
मंसिर ३०, २०८१ आइतबार
बङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
मंसिर ३०, २०८१ आइतबार