सूचना संकलन गर्ने गुप्तचरका एसपीमाथि आर्थिक संकलन गरेको आरोप
नेपालबहस संवाददाता
साउन ७, २०८१ सोमबार ११:५१:३३
७ साउन, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको काम सूचना संकलन गर्ने भन्दा पनि आर्थिक संकलन गर्ने देखिएको छ । आफू गुप्तचर हुँ भन्दै धम्क्याएर आर्थिक संकलनमा लागेका कारण अहिले राष्ट्रिय अनुसन्धान विभाग नै बदनाम हुने गरेको । यही क्रममा विभागका एक प्रहरी उपरीक्षक (एसपी)ले व्यापारीसँग रकम उठाएको उजुरी हेलो सरकार र प्रधानमन्त्री कार्यालयको सचिवालयमा परेको छ ।
राष्ट्रिय अनुसन्धान कार्यालय मोरङ जिल्ला प्रमुख एवं उपअनुसन्धान निर्देशक (एसपी) तिलक प्रसाईँले व्यापारीलाई धम्काएर रकम मागेको भन्ने उजुरी परेको हो । केही साताअघि विभिन्न पीडित व्यापारीले एसपीले महिनावारी भत्ता मागेर धम्काएको भन्दै उजुरी दिएका छन् । एसपी र उनका मातहतमा रहेका प्रहरीको नम्बरबाट फोन गरेर पटक पटक रकम माग्ने गरेको उजुरीमा उल्लेख गरिएको छ । उजुरी परेपछि प्रधानमन्त्री कार्यालयले घटनाको जानकारी लिएको छ ।
उनले इन्सपेक्टर सरहका अनुसन्धान अधिकृत भोजराज निरौला र सहायक सूचक उर्फ प्रज रामवावु साहलाई घुमुवाका रुपमा खटाएको उक्त उजुरीमा उल्लेख छ । तस्करीको लाइन नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी वा डीआईजीले पाए सरह बराबर नदिए उनीहरु विरुद्ध खुराफाती गर्ने बेनामी उजुरी हाल्ने पनि यिनको धन्दा रहेको बताइन्छ ।
उनले हालै केही व्यापारी र तस्करहरुलाई फोन गरी गरि आफ्नै अफिसमा बोलाएर भेटने तथा बार्गेनिङ गर्ने काम पनि जारी राखेको उजुरीमा भनिएको छ । कतिपय तस्करहरको त घर मै गएर पनि पैसा उठाउने काम भइरहेको छ । विभाग वा अन्य निकायले गोप्य रुपमा गत चैत ०८० देखि हालसम्मको राष्ट्रिय अनुसन्धान कार्यालय मोरङको सीसीटीभी फुटेज हेर्ने हो भने पनि सबै कुरा थाहा हुन्छ अर्थात को को व्यापारी र तस्कर राअको अफिसमा आए वा बोलाइयो भनेर ।
पीडित व्यवसायीहरूले राष्ट्रिय अनुसन्धान ब्यूरो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृहमन्त्रीको सचिवालयलाई समेत बोधार्थ बनाए उजुरी दिएका छन् । एसपी प्रसाईँले कपडा पसलेदेखि गाईगोरु व्यापारीलाई समेत फोन गरेर ५० हजार रूपैयाँदेखि १ लाखसम्म माग्ने गरेको उजुरीमा उल्लेख गरिएको छ ।
राष्ट्रिय अनुसन्धान विभागले देशभर आन्तरिक तथा बाह्य घटनाको जानकारी लिनको लागि कर्मचारी खटाएको छ । तराईका जिल्लामा एसपीको कमान्डमा यस्ता कर्मचारी परिचालन हुने गरेका छन् । तर यसरी देशको हितको लागि परिचालन हुने कर्मचारीले विभिन्न व्यापारी र समूहको जानकारी लिएर बार्गेनिङ र रकम लिने गरेका धेरै उदाहरणहरू छन् । एसपी प्रसाँई र उनको टोलीले पनि मोरङको भन्सार नाकामा पैसा उठाउने र ठूला व्यापारीले भने एसपीलाई नै भेटेर रकम बुझाएको उजुरीमा उल्लेख गरिएको छ। उजुरी पत्रमा व्यापारीको नाम र व्यापारसँगै नम्बर समेत राखिएको छ ।
उता इलामका तुलसीराम प्रसाई पनि छानबिनमै रहेका छन् । उनी पनि लामो समयदेखि पूर्व क्षेत्रमा बसिरहेका छन् । उनलाई त आफ्नै सूचकलाई अन्याय गरेको आरोपमा छानबिन चलिरहेको छ । लामो समयदेखि आफूलाई पायक पर्ने क्षेत्रमै क्रियाशील भएर त्यहाँका रैथाने व्यापारीहरूलाई धम्क्याउन र आर्थिक संकलन गरेको आरोप पनि उनीमाथि लाग्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक
फागुन २, २०८१ शुक्रबार
आज कोशी र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने
फागुन २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
फागुन २, २०८१ शुक्रबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
फेमेखोलामा पुल निर्माण गर्न फिदिम नगरपालिकाको माग
फागुन २, २०८१ शुक्रबार
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमा दोस्रो
फागुन २, २०८१ शुक्रबार
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक
फागुन २, २०८१ शुक्रबार
आज कोशी र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने
फागुन २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
फागुन २, २०८१ शुक्रबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
फेमेखोलामा पुल निर्माण गर्न फिदिम नगरपालिकाको माग
फागुन २, २०८१ शुक्रबार
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमा दोस्रो
फागुन २, २०८१ शुक्रबार
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक
फागुन २, २०८१ शुक्रबार
आज कोशी र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने
फागुन २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
फागुन २, २०८१ शुक्रबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार