एमाले संसदीय दलका नेता काठमाडौं लागेपछि बागमतीमा फेरियो लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय
नेपालबहस संवाददाता
साउन ७, २०८१ सोमबार १२:११:५८
७ साउन, हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गर्ने समय लम्बिएको छ । अकस्मात एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया काठमाडौं लागेपछि मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय धकेलिएको छ ।आज कांग्रेसका बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारी गरेका थिए ।
बागमती प्रदेशमा कांग्रेस र एमालेबीच मन्त्रालयको भागबण्डा पनि मिलिसकेको छैन् । कांग्रेस संसदीय दल नेता बहादुर सिंह लामाले आज १० बजे प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गर्ने समय लम्बिएको कांग्रेसले जनाएको छ । थपलियाले आफूलाई पार्टीका नेताहरुले बोलाएकाले काठमाडौं जानुपर्ने जानकारी गराएपछि दाबी पेश रोकिएको कांग्रेस संसदीय दलका नेता लामाले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादव चन्द्र शर्माले ८ साउन ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए । अब भ्याए आजै बेलुकासम्म नभ्याए भोलि बिहान दाबी पेश गर्ने कुरा भएको लामाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व’
पुष २९, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
विसं २०८२ को पञ्चाङ्ग (पात्रो) माघ तेस्रो सातासम्म बजारमा आउने
माघ ३, २०८१ बिहिबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार