लुम्बिनीमा एमाले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको टंक्कर, गिरीले नपाउने भए मुख्यमन्त्री
नेपालबहस संवाददाता
साउन ७, २०८१ सोमबार १२:४०:३९
७ साउन, काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले उपध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच टक्कर परेको छ । मुख्यमन्त्रीको मुख्य दाबेदार मानिएका लिला गिरी अहिले संसदीय दलका नेता छन् । उनी पार्टी उपाध्यक्ष तथा संघीय अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन् । तर, एमालेले मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सारेको छ । उनी पोखरेल पक्षका हुन् ।
यसअघि एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै भए पनि अहिलेले महासचिव पोखरेलको दवावमा केन्द्रले आचार्यलाई अघि बढाइएको छ । पौडेल निकट गिरीलाई अचानक पछाडि पार्दै आचार्य मुख्यमन्त्री बन्नुका पछाडि केन्द्रको चासो र निर्देशनले काम गरेको निकटस्थ नेताहरुको भनाइ छ ।
पोखरेलको बलमा एमालेबाट लुम्बिनी सरकारको नेतृत्व संसदीय दलका उपनेता आचार्यले गर्ने भएका छन् । एमाले र कांग्रेसले आचार्यलाई मुख्यमन्त्री बनाउने गरि दाबि पेश गर्ने तयारी गरेका छन् ।
आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका थिए । एमालेका केन्द्रीय सदस्य समेत रहेका आचार्य अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
बुद्ध सर्किटमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न प्रस्ताव
कात्तिक २७, २०८१ मंगलबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
सडकको पहुँचले मलैबासीलाई सहज
मंसिर ३, २०८१ सोमबार
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
मंसिर ३, २०८१ सोमबार
भ्रष्टाचार मुद्दाबाट सफाइ पाएपछि आइतबार हाजिर भएका बैकुण्ठ अर्यालले आज दिए राजीनामा
मंसिर ३, २०८१ सोमबार
चेक बाउन्स आरोपमा काभ्रेका सत्यमान लामा पक्राउ, अदालतबाट २ वर्षको कैद सजाय भएको थियो
मंसिर ३, २०८१ सोमबार