उत्कर्षमा पुग्यो डेडिकेटेड र ट्रंकलाइन विवादः कुलमानले निर्णय मागे, सञ्चालक समितिले दिन सकेन
नेपालबहस संवाददाता
साउन ७, २०८१ सोमबार १३:३:१५
७ साउन, काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा विश्वासको मत लिँदा विना कारण उद्योगको लाइन काट्न नमिल्ने बताएका थिए । लाइन काटिएका ६ उद्योगको विषयमा छलफल गर्न सोमबार बिहान बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक पनि निष्कर्षविहीन भएको छ ।
सञ्चालक समितिबाट निर्णय नभएसम्म लाइन नजोड्ने अडान कार्यकारी निर्देशक कुलमान घिसिङले लिएका छन् । डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका लाइन जोडनका लागि सोमबार बिहान बैठक बसेको थियो । यता, विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएको ६ वटा उद्योगको लाइन जोडिदिन दिएको निर्देशन प्राधिकरणले लत्याएको छ ।
सोमबार बसेको सञ्चालक समिति बैठकमा कार्यकारी निर्देशक घिसिङले नै आयोगले दिएको निर्देशन कार्यान्वयन गर्ने निर्णयमा असहमति जनाएका थिए । यस विषयमा मन्त्री तथा सञ्चालक समिति अध्यक्ष र एमडीले ठोस प्रस्ताव ल्याउने र निर्णय गर्ने गरी आजको बैठक सकिएको छ । मन्त्रीपरिषद्ले गरेको निर्णयका आधारमा लाइन काटेकाले नियमन आयोगको पत्रका आधारमा अहिले जोड्न नसकिने तर्क घिसिङले राखेका थिए ।
यो विषय नियमन आयोगको क्षेत्राधिकारमा पर्ने कि नपर्ने भन्ने प्रश्न घिसिङले गरेका थिए । डेडिकेटेड र ट्रंकलाइनको बिल भुक्तानी नगरेको भन्दै प्राधिकरणले ६ उद्योगको लाइन काटिदिएको थियो । डेडिकेडेट फिडर र ट्रंकलाइन मार्फत वितरण गरिएको विद्युत् महसुल दरको भुक्तानीलाई लिएर २०७५ सालदेखि विद्युत् प्राधिकरण र उद्योगीहरूबीच विवाद जारी छ । यहीँ विवादका कारण पटक पटक उद्योगीहरुको लाइन काटिँदै आएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पनि काटिएका उद्योगमा लाइन जोड्ने निर्णय नभएको बताएका छन् । बिहान बैठक बसेको तर लाइन जोड्ने निर्णय नभएको उनको भनाइ छ । यसअघि, शुक्रबार बसेको प्राधिकरण बैठकले पनि लिखित पत्र नआएसम्म लाइन नजोड्ने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार