बागलुङमा दुई लाख १६ हजार पशुलाई लगाइयो खोप
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन ७, २०८१ सोमबार १३:२०:६
७ साउन, ढोरपाटन 'बागलुङ' । बागलुङमा दुई लाख १६ हजार ७२ पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जिल्लाका दश स्थानीय तहका ८५ वटा वडामा पशु प्राविधिक खटाएर खोप लगाएको हो ।
पशु प्राविधिकले किसानका गोठमै पुगेर भैँसी, राँगा, गार्ई, गोरु, बाख्रा, बुङ्गुर, कुकुरलगायत पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाएका हुन् । सबैभन्दा बढी भेडाबाख्रा र सबैभन्दा कम बुङ्गुरलाई खोप लगाइएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका अनुसार एक लाख १७ हजार पाँच सय ६७ भेडाबाख्रा र दुई हजार एक सय १० बुङ्गुरमा खोप लगाइएको छ ।
यस्तै, २१ हजार पाँच सय ४६ गाईगोरु, ४९ हजार नौ सय ४६ भैँसीराँगा, नौ हजार सात सय ५० कुकुरलाई खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका सूचना अधिकारी केशवराज शर्माले जानकारी दिए । पशुचौपायामा देखिने खोरेत, रेबिज, चर्चरे, भ्यागुते, पिपिआर र स्वाइन फिभरलगायत खोप लगाइएको उनको भनाइ छ । विज्ञ केन्द्रले अगुवा कृषकसँग छलफल गरी स्थानीय तहका पशुचौपायाको तथ्याङ्क सङ्कलन गरेर किसानका घरघरमै पुगेर खोप लगाउने शर्माले जानकारी दिए ।
केन्द्रबाट हरेक स्थानीय तहमा दुई समूहमा खटिएका प्राविधिक तथा स्वास्थ्यकर्मीको टोलीले १५÷१५ दिनसम्म घरदैलोमै खोप अभियान सञ्चालन गरेका थिए । जिल्लाका दूरदराजसम्म पुगेर प्राविधिकले पशुचौपायालाई खोप लगाउनुपर्ने हुँदा गत माघबाट खोप अभियान सञ्चालन गरेको उनको भनाइ छ ।
उनले भने, “खोप अभियानलाई प्रभावकारी बनाउनका लागि जिल्लाका सबै वडामा ८५ जना प्राविधिक खटाएका थियौँ, उहाँहरुले किसानका गोठसम्मै पुगेर पशुचौपायालाई खोप लगाउनुभएको थियो, अघिल्ला वर्षहरुमा पशुलाई खोप लगाउँदा दूध घटाउँछ, बिरामी पर्छन् भनेर नमान्ने किसानहरु पनि यस वर्ष उत्साहका साथ अभियानमा सहभागी हुनुभयो, गत वर्ष पशुमा देखिएको लम्पी स्किन रोगका कारण किसानले धेरै नोक्सानी ब्यहोर्नु परेको थियो ।”
खोप अभियान सञ्चालनका लागि सरकारले रु एक करोड ४० लाख बजेट विनयोजन गरेकामा रु एक करोड १० लाख खर्च भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र प्रमुख डा ऋषिराम सापकोटाले बताए । उनले पछिल्लो समय किसानमा पशुचौपायलाई खोप लगाउनुपर्छ भन्ने चेतनाको वृद्धि भएको बताए।
पहिले गोठमै गएर खोप लगाउन आग्रह गर्दा पनि नमान्ने किसान अहिले पशु नै लिएर भेटेरिनरी अस्पताल आउन थालेको सापकोटाले बताए । यस वर्ष खोप अभियान निकै प्रभावकारी भएको उनी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार