वीरगञ्जका भन्सारबाट उठेन लक्ष्यअनुसारको राजस्व
नेपालबहस संवाददाता
साउन ७, २०८१ सोमबार १३:५४:३९
७ साउन, वीरगञ्ज । मुलुकको राजस्वमा सबैभन्दा बढी योगदान पुर्याउने वीरगञ्जस्थित वीरगञ्ज भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएका छन् ।
वीरगञ्ज भन्सार कार्यालयले गत आवमा दुई खर्ब ४५ अर्ब ८८ लाख ५० हजार ८१ हजार राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो । सो अवधिमा कार्यालयले लक्ष्यको ६४.१ प्रतिशत अर्थात् एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार मात्रै राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिए ।
वीरगञ्ज भन्सार कार्यालयका साथै यहाँस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयले पनि गत आवमा लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन् । भन्सार विभागले गत आवमा सुख्खा बन्दरगाहलाई ६५ अर्ब ९४ करोड एक लाख २२ हजार रकम राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो ।
कार्यालयले वार्षिक लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत अर्थात् ४७ अर्ब ३१ करोड एक लाख ९० हजार रकम राजस्व संकलन गरेको छ । उक्त कार्यालयले आव २०७९/८० को तुलनामा चार अर्ब ९० करोड ७८ लाख ९७ हजार बढी राजस्व संकलन गरेको छ ।
दुवै भन्सार कार्यालयले गत आवको १२ महिनामध्ये कुनै पनि महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेका प्रमुख भन्सार प्रशासक पन्थीले बताए । गत आवमा आयात वस्तु तथा सामानको कमी भएसँगै राजस्व संकलनमा पनि कमी आएको छ । अघिल्लो वर्षभन्दा गत आवमा १४ प्रतिशतले व्यापार घटेको छ । भन्सार कार्यालयको अन्य सूचक राम्रो हुँदा हुदैँ आयात घटेपछि लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको छ ।
प्रमुख भन्सार प्रशासक पन्थीले आव २०७९/८० को तुलनामा गत आवमा औद्योगिक क्षेत्रमा प्रयोग हुने कच्चापदार्थको आयात घटेकाले त्यसले राजस्व संकलनमा प्रत्यक्ष प्रभाव पारेको बताए । वीरगञ्ज उद्योग वाणिज्य संकका अध्यक्ष अनिलकुमार अग्रवालले संघीय सरकारको नीतिका कारण लक्ष्य अनुसार राजस्व भेट्टाउन नसकिएको दाबी गरे । एकाधिकार ढंगको भन्सार मूल्यांकन पुस्तिका खारेज नभएकाले पनि लक्ष्य अनुसार राजस्व संकलन नभएको उनले बताए ।
वीरगञ्ज भन्सार कार्यालय हुँदै आव २०७९÷८० मा ७१ जीप, कार र भ्यान आयात हुँदा २६ करोड २९ लाख १९ हजार राजस्व संकलन भएको थियो । गत आवमा ५९ वटा मात्रै जीप, कार र भ्यान आयात हुँदा कार्यालयले रु १९ करोड ४० लाख १४ हजार मात्रै राजस्व संकलन भएको जनाएको छ ।
अघिल्लो आवको तुलनामा गत आवमा सवारीसाधन आयातमा मात्रै २६ प्रतिशत राजस्व घटेको देखिन्छ । वीरगञ्ज भन्सार हुँदै आव २०७९÷८० मा चार करोड ८० लाख ४४ हजार पाँच सय ६० किलो कोइला तथा कोइलाजन्य वस्तु आयात हुँदा कार्यालयले १७ करोड सात लाख ९८ हजार राजस्व प्राप्त गरेको थियो ।
गत आवमा एक करोड एक लाख ७७ हजार नौ सय ८५ किलो कोइला आयात हुँदा कार्यालयले दुई करोड ८९ लाख ५० हजार राजस्व प्राप्त गरेको प्रमुख भन्सार प्रशासक पन्थीले जानकारी दिए । उनका अनुसार आयातित वस्तुमध्ये डिजेलले कूल राजस्वको ३४, पेट्रोलले १२ र एलपिजी ग्यासले तीन प्रतिशत हिस्सा ओगटेको छ ।
अध्यक्ष अग्रवालले उद्योगी÷व्यवसायीले अन्डर र ओभरिङ भ्वाइसिङ (भन्सार जाँचपास गर्दा खरिद गरेको वास्तविक मुल्य भन्दा कम रकम देखाउने) माध्यमबाट सामान आयात गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे । सरकारले भारतको वस्तु तथा सेवा कर (जीएसटी) को हाराहारीमा भन्सार महसुल र करको दर तोक्ने हो भने भारतीय खुला सीमानाकाबाट हुँदै आइरहेको अवैध चोरी तस्करी पनि नियन्त्रण गर्न सकिन्थ्यो, अध्यक्ष अग्रवालले भने, सरकारले भारतको तुलनामा जिएसटी कर लगाउँदा सीमा क्षेत्रमा हुने चोरी तस्करी आफैँ नियन्त्रणमा आउनेछ ।
भन्सार विभागले सुख्खा बन्दरगाह कार्यालयलाई आव २०७९÷८० मा ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । सो अवधिमा ४२ अर्ब ४० करोड २२ लाख ९३ हजार अर्थात् ६२ दशमलव ८८ प्रतिशत मात्रै राजस्व संकलन भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्ज भन्सारः आयात फर्कियो, व्यापार अझै उस्तै
कात्तिक १, २०८१ बिहिबार
वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो
कात्तिक १, २०८१ बिहिबार
आयातित वस्तुमा बढी कर लगाउँदा वीरगञ्ज बजारभन्दा रक्साैलमा बढी चहलपहल, बढ्यो तस्करी
असोज २१, २०८१ सोमबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
बुद्ध एयरको माउन्टेन फ्लाइट, ३५ यात्रु बोकेर १५ मिनेट उठाएपछि आकस्मिक अवतरण
कात्तिक १, २०८१ बिहिबार
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
कात्तिक २, २०८१ शुक्रबार
ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिभराउ
कात्तिक २, २०८१ शुक्रबार
वेस्ट इन्डिजविरुद्धको टी- २० सिरिजमा श्रीलंका २-१ ले विजयी
कात्तिक २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक २, २०८१ शुक्रबार
दशैंमा कोशीमा दुई सय ६९ सवारी दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए
कात्तिक २, २०८१ शुक्रबार
घोडेपानीमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट
कात्तिक २, २०८१ शुक्रबार