प्रतिनिधि सभामा व्यवस्थित देखिएन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम, आवेश र उत्तेजना पोखिए
नेपालबहस संवाददाता
साउन ७, २०८१ सोमबार १५:१७:१७
७ साउन, काठमाडौं । सोमबारको प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संयमित देखिएन । केही नमिलेको र केही नबुझिएको जस्तो देखियो । सचिवालयले कार्यसूचीलाई व्यवस्थित बनाउन नसक्दा अव्यवस्थित देखिएको हो । प्रश्न सोध्ने र उत्तर दिनेबीच सचिवालयले तादम्यता मिलाउन नसकेकाले यस्तो देखिएको सांसदहरु बताउँछन् ।
फरक विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका उपमहासचिव बर्षामान पुनबीच भनाभन पनि भयो । संसदमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले आफुले आइतबार संसदमा बोलेका कुरालाई संसदमा झुटो रुपमा प्रस्तुत गरिएको भन्दै असतुन्टि व्यक्त गरेपछि माओवादी नेता पुनले प्रधानमन्त्री ओली विषय केन्द्रित भएर नबोलेको भन्दै नियमापत्ति गरेका थिए ।
उनले प्रधानमन्त्री विषय केन्द्रित नभएर गालीगलौजमा उत्रिएको आरोप लगाएका थिए । प्रधानमन्त्री ओलीले आफु विषय केन्दित नै रहेको भन्दै प्रश्नको जवाफ दिनुभन्दा अगाडी आएका विषयमा आफुले जवाफ दिएको बताए । उनले आफुले सचेत मात्र गराएको भन्दै आवेश र उत्तेजनामा आउन आवश्यक नरहेको बताए । यसअघि शुन्य समयमा एक सांसदले उठाएको प्रश्नमा प्रधानमन्त्री ओलीले आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै असन्तुष्टि जनाएका थिए ।
प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रमको सुरुमा प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंक लाइनको विवादलाई लिएर आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै प्रतिवाद गरे । त्यसअघि शून्य समयमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले यो विवादमा प्रधानमन्त्रीले झुट बोलेको दाबी गरेका थिए ।
उनले अदालतले समेत विद्युत महसुल उठाउन आदेश दिइसकेको अवस्थामा केही उद्योगको लाइन काटिएको भनेका थिए, ‘हिजो प्रधानमन्त्रीले रोष्टमबाटै सफेद झुट बोल्नुभयो । सबै प्रमाण अवज्ञा गर्नुभयो र विचौलियाको भाषामा विद्युत लाइन जोड्ने ।’ दाहाल बोल्दाबोल्दै समय सकियो ।
शून्य समयपछि प्रश्नोत्तरका लागि रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले संसदमा भएको कुरा गर्न र जथाभावी नबोल्न आग्रह गरे । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चलिरहेका बेला सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषय केन्द्रित भएर जवाफ दिन निर्देशन पनि दिनुपर्यो । प्रश्नोत्तर कार्यक्रमको सुरुमा कांग्रेस उपसभापति धनराज गुरुङले प्रश्न सोधेका थिए । उनले सरकारले बजेटमा घोषणा गरेको गण्डकी त्रिभुज आयोजना अन्तर्गत बुटवल, पोखरा राजमार्ग दुई लेन बनाउने भनिएको तर त्यो काम कहिले सुरु गरेर कहिले सक्ने लक्ष्य छ भनेर सोधे ।
त्यस्तै उनको दोस्रो प्रश्न थियो– आँधीखोला उच्च बाँध आयोजनाको वर्तमान अवस्था के छ र कहिलेदेखि सुरु गर्ने तयारी छ ? उनको तेस्रो प्रश्न थियो, –गैरकानुनी कारोबार अन्त्य गर्न सरकारको तयारी के छ ? त्यसपछि जवाफ दिन सुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत प्राधिकरण र उद्योगी व्यवसायीबीच रहेको डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा बोले ।
उनले आफूले उद्योगीले विद्युत महसुल तिर्नुपर्दैन नभनेको तर संसदमा यस विषयमा प्रश्न उठाएको भन्दै आपत्ति जनाए । प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सुरु नहुँदै शून्य समयमा माओवादी सांसद लेखनाथ दाहालले डेडिकेटेड र ट्रकलाइन विवादमा प्रधानमन्त्रीले संसदमा झुटो बोलेको आरोप लगाएका थिए ।
प्रधानमन्त्री ओलीले संसदमा जथाभावी प्रश्न सोध्न नहुने भन्दै मर्यादा ख्याल गर्न आग्रह गरे । ‘हामी गरिमामय संसदमा छौं । हामी जनताले छानेर पठाएका सांसदले त्यस हैसियतमा बोल्नुपर्छ । कहिले सुन होइन पित्तल चढाएको छ भनेको छ, कहिले अनेकथरि फोटा छपाएको छ, अनेक गरेको छ । यो खालको तरिका माननीयको हैसियतमा शोभनीय हुँदैन, सत्य कुरा गर्न सिक्नुपर्छ’, ओलीले भने ।
प्रधानमन्त्री त्यतिमै रोकिएनन्, उनले आफूमाथि झुटा लाञ्छना लगाइएको भन्दै संसदमा हल्काफुल्का विषय, झुटा र पूर्वाग्रहीपूर्ण कुरा उठेको भन्दै सभामुखको ध्यानाकर्षयण गराए । ‘सभामुख महोदय, मेरो निवेदन यो गरिमामय सदन सदनजस्तै होस्, हामीले सदनको मर्यादा, गरिमा, यहाँ भएका छलफल यहाँ उठेका विषय, यहाँ उठेका प्रश्न यति हल्काफुल्का झुटा पूर्वाग्रहीपूर्ण हुनुहुँदैन । सुन भनेर पित्तल चढायो भनेजस्ता हावादारी कुरा यस गरिमामय संसदमा नगरियोस’, उनले भने ।
प्रधानमन्त्रीले यति भनेपछि माओवादी केन्द्रका सांसद वर्षमान पुनले नियमापत्ति गरे । सभामुखले समय दिएपछि उनले सोधे, ‘प्रधानमन्त्रीले कुन चाहिँ सन्दर्भमा बोल्दै हुनुहुन्छ, यो चाहिँ सभामुखले रुलिङ गर्नुपर्छ होला, उहाँ प्रश्न उत्तरमा हुनुहुन्छ ।’ त्यसपछि सभामुखले भने, ‘माननीय ज्यू आसनग्रहण गरौं, मैले त्यतै लान कोशिस गरिरहेको छु ।’
तर प्रधानमन्त्रीले आफू प्रश्नोत्तरमै रहेको र उठेका प्रश्नको जवाफ दिइरहेको जवाफ दिए । त्यसपछि संसदमा केही होहल्ला पनि भयो, एमाले प्रमुख सचेतक महेश बर्तौला पनि उठेर सभामुखसँग समय मागे । तर सभामुखले कसैलाई समय दिएनन् । उनले माओवादी सांसद पुनलाई बस्न आग्रह गरे र प्रधानमन्त्रीलाई भने, ‘प्रधानमन्त्रीजीलाई विषय केन्द्रित भएर अगाडि बढ्न म निर्देश गर्दछु ।’
प्रधानमन्त्री ओलीले भने आफू विषयमा नै केन्द्रित रहेको बताए । ‘सभामुख महोदय म विल्कुल विषय केन्द्रित छु । संसदमा उठेका प्रश्नहरुको लिखितको जवाफ दिनुपर्ने त्यो भन्दा अगाडि अलिखित नै बीचमा, बाटैमा नै आइपुग्यो । त्यसकारण यसो नगरौं भन्ने मात्र मेरो आग्रह हो’, उनले भने । प्रश्नोत्तरका समयमा सांसदले कसरी प्रश्न सोध्ने र प्रधानमन्त्रीले कसरी उत्तर दिने भन्ने कुरामा पनि कमि देखियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार