आयात र निर्यात दुवै खुम्चिएः १७ खर्ब ४५ अर्ब ३६ करोड बराबरको व्यापार, इन्धनमा गयो ३ खर्ब ३७ अर्ब
नेपालबहस संवाददाता
साउन ७, २०८१ सोमबार १६:४३:५४
७ साउन, काठमाडौं । भन्सार विभागले गत आर्थिक बर्षमा १४ खर्ब ४० अर्ब ६० करोड व्यापार घाटा देखाएको छ । तथ्यांक अनुसार व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा ०.९६ प्रतिशतले घटेको छ । भन्सार विभागको आँकडा अनुसार एक वर्षमा आयात र निर्यात दुवै खुम्चिएको छ । जसले गर्दा यो आवमा भित्रिएको रेमिट्यान्सले व्यापार घाटा थेग्ने अवस्था बनेको छ ।
अघिल्लो आर्थिक बर्षको अन्त्यसम्ममा व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख रहेको थियो । वैदेशीक व्यापारमा गिरावट आउँदा व्यापार घाटा समेत बढेको हो । गत आर्थिक बर्षमा आयात र निर्यात दुवै घटेको छ । आयात १.१६ र निर्यात ३.०३ प्रतिशतले घटेको हो । गत आवमा १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात १ खर्ब ५२ अर्ब ३८ करोडमा सीमित भएको विभागले जनाएको छ ।
भन्सार विभागका अनुसार पछिल्लो एक बर्षमा १७ खर्ब ४५ अर्ब ३६ करोड बराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो आवमा १७ खर्ब ६८ अर्ब ८७ करोड बराबरको वैदेशिक व्यापार भएको थियो । कुल वैदेशिक व्यापार १.३३ प्रतिशतले घटेको हो । आयात र निर्यात दुवै घट्दा समग्र वैदेशिक व्यापारको आकार समेत खुम्चिएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार यस वर्ष कुल वैदेशिक व्यापार १७ खर्ब ४५ अर्ब ३६ करोड बराबर व्यापार भएको छ । यो अघिल्लो आवको तुलनामा १.३३ प्रतिशत कम हो । अघिल्लो वर्ष १७ खर्ब ६८ अर्ब ८७ करोड बराबर व्यापार भएको थियो । यस वर्ष पेट्रोलियम पदार्थ आयातमा मात्र ३ खर्ब ३७ अर्ब ३४ करोड रुपैयाँ विदेशिएको छ ।
पेट्रोलियम आयातमा नेपालको सबैभन्दा ठूलो व्यापार घाटा देखिन्छ । यस आवमा १ खर्ब २५ अर्ब बराबर फलाम तथा स्टिल आयात भएको छ । एक वर्ष अवधिमा २८ अर्ब बराबर तरकारीजन्य वस्तु आयात भएको देखिन्छ । ८५ अर्ब ७४ करोड बराबर सवारीसाधन आयात भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार