ओली सरकारले जनप्रतिनिधि र संसद्लाई बाइपास गरेको कांग्रेसको आरोप
इन्द्र रिजाल
बैशाख १५, २०७६ सोमबार २:४०:८
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्री बजेट छलफल नगरी नीति तथा कार्यक्रम ल्याउन नदिने निर्णय गरेको छ ।
सिंहदरबारमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्री बजेट छलफल नगरी सरकारले जनप्रतिनिधि र संसद्लाई बाइपास गर्न खोजेको आरोप लगाउदै प्री बजेट छलफल नगरी नीति तथा कार्यक्रम ल्याउन नदिने निर्णय गरेको हो ।
बैठकपछि काग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्री बजेट छलफल नगरेर सरकार संसदीय मूल्य मान्यताको विरोधमा जान लागेको बताए । प्रमुख सचेतक खाँणले प्री बजेट छलफल गरेर नीति तथा कार्यक्रम ल्याएपछि मात्रै बजेट आउनुपर्ने अडानमा कांग्रेस रहेको बताए ।
काग्र्रेसले ओली सरकार निरंशुक बन्दै गएको आरोप लगाएको छ । प्रजातन्त्रको सबैभन्दा महत्वपूर्ण अंश पत्रकारितामाथि आक्रमण भएको भन्दै खाँणले निरंकुशताको ढाकछोप गर्न पत्रकारमाथि हस्तक्षेप भइरहेको बताए ।
संवैधानिक अंगलाई कम्जोर बनाउने काम सरकारबाट भएको खाँणले बताए । उनले भोलीबाट संसदमा कडारुपमा प्रस्तुत हुने र संसदीय शासन पद्धतिलाई अघि बढाउन दवाव दिने जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
भोजपुरको नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध, जनजीवन प्रभावित
असोज १४, २०८१ सोमबार
काम गर्न नसकेको भन्दै धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरुवा
असोज १४, २०८१ सोमबार
सिटिजन्स म्युचुअल फन्डका तीन योजनाको लाभांश घोषणा
असोज १४, २०८१ सोमबार
गर्भावस्थाको समयमा महिलाको मस्तिष्क बारे महत्वपूर्ण अध्ययन
असोज १४, २०८१ सोमबार
सुनिता र बुचलाई फिर्ता ल्याउन 'ड्रागन' अन्तरिक्षमा पुग्यो, फेब्रुअरीमा फर्किने
असोज १४, २०८१ सोमबार
अवरुद्ध हेटौंडा–भैंसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो
असोज १४, २०८१ सोमबार