उत्कृष्ट वार्षिक प्रतिवेदनवापत मुक्तिनाथ विकास बैंक पाँचौं पटक पुरस्कृत

नेपालबहस संवाददाता
साउन ७, २०८१ सोमबार १८:३२:४३

७ साउन, काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (ICAN) ले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदन मान -NFRS_ प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरूलाई प्रदान गर्दै आएको गरिमामय राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (Best Presented Annual Report Award,2023) मा विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७९/०८० को लागि मुक्तिनाथ विकास बैंक Gold Award बाट सम्मानित भएको छ । यो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६ , २०७६/०७७ , २०७७/०७८ , २०७८/०७९ र २०७९/०८० गरि लगातार पाँचौं पटक पुरस्कृत भएको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (ICAN) ले (Best Presented Annual Report Award,2023) विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो । विधाहरुमा १. निजी बैंकिङ क्षेत्र २. वित्तीय सेवा क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरू) ३. उत्पादन क्षेत्र ४. शक्ति र उर्जा क्षेत्र ५. सेवा क्षेत्र रहेका छन् ।
विकास बैंक तथा अन्य वित्तीय कार्य गर्ने कम्पनीहरू मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार (GOLD) प्राप्त गरेको हो । गत शनिबार, काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको शपथग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो ।
उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेवापत बैंकलाई दिइने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ । उक्त समारोहका प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
साथै, बैंकले 'नेपालमै टिक्न ,सजिलो छ' भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता
माघ २२, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार