न्यूरोड फुटपाथ विवादबारे काठमाडौं महानगर र स्थानीयबीच सहमति, अध्ययन गर्न कार्यदल गठन
नेपालबहस संवाददाता
साउन ७, २०८१ सोमबार १८:३३:५९
७ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिका र स्थानीय बीच न्युरोडसहितका अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ बिस्तार तथा निर्माणसम्बन्धी कुनै काम नगर्ने सहमति भएको छ । सहमतिअनुसार एक कार्यदलले अध्ययन गरेपछि मात्र फुटपाथ विस्तार गर्ने/ नगर्ने निर्णय गरिने भएको छ ।
सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञ साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव रहेका छन् । काठमाडौं महानगरका मेयर बालेन शाहसहित बसेको वार्ता टोलीले सहमति गरेको हो ।
योसँगै पछिल्ला केही दिनदेखि अशान्त बनेको न्युरोड क्षेत्र अब शान्त हुने भएको छ । महानगरले न्युरोड सडक साँघुरो बनाएर फुटपाथ विस्तारको काम अगाडि बढाएपछि वडा जनप्रतिनिधिसहित स्थानीयहरू विरोधमा उत्रिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार