दुबईमा म गिरफ्तारीको खबर झुटो हो : गायक फतेह खान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन ८, २०८१ मंगलबार ८:६:३६
८ साउन, काठमाडौं । पाकिस्तानी गायक राहत फतेह खानले दुबईमा आफू गिरफ्तार भएको खबर झुटो भएको दाबी गरेका छन् । राहतले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै आफू गिरफ्तार भएको झुटो खबर फैलाइएको भन्दै सो खबरमा विश्वास नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्- मेरो अनुरोध छ, की यस्ता खबरमा विश्वास नगर्नु होला, म छिटै देश फर्किने छु । मैले सधैँ जस्तै मेरा उत्कृष्ट गीतले तपाइहरुको मनोरञ्जन गरिरहने छु ।'
यसअघि राहतका पूर्व प्रबन्धक सलमान अहमदको उजुरीमा दुबईमा प्रहरीले हिरासतमा लिएको बताइएको थियो । राहतको सलमानसँगको विवाद केही बर्षदेखि नै चलिरहेको थियो । गायक राहत पटक पटक विवादमा आइरहन्छन् । यस अघि उनले एक व्यक्तिलाई जुत्ताले हानेको भिडियो भाइरल भएको थियो भने उनलाई २०१९ मा विदेशी मुद्रा स्मलिंग गरेको आरोप लागेको थियो । पाकिस्तानी गायक राहत बलिउडका चर्चित गीतका लागि परिचित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरि-रिलिजमा दोब्बर कमाएपछि ‘सनम तेरी कसमः २ ’का विषयमा निर्देशक-निर्माता बीच लफडा
फागुन ६, २०८१ मंगलबार
'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार
नेपाली छात्राको मृत्यु प्रकरणमा ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
फागुन ६, २०८१ मंगलबार
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
फागुन ६, २०८१ मंगलबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको जग्गामा तीन दलका नेता–कार्यकर्ताको रजाई
फागुन ६, २०८१ मंगलबार