महानगरपालिका र नेपाल एम्वुलेन्स सेवाबीच सम्झौता
इन्द्र रिजाल
बैशाख १५, २०७६ सोमबार ३:५:४४
काठमाडौं । काठमाडौ महानगरपालिका र नेपाल एम्वुलेन्स सेवाबीच एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापनका लागी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
आइतबार काठमाडौमा आयोजित कार्यक्रमकाबीच महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र नेपाल एम्वुलेन्स सेवाका अध्यक्ष रञ्जीत आचार्यबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
आकस्मिक सेवामा तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मीसहितको पूर्व प्रविधि जडान भएको एम्बुलेन्स सेवाद्धारा अत्यावश्यक स्वास्थ्य सेवा सुरु गरि उपचार गर्दे अस्पताल पुराउने उदेश्यले सम्झौता गरिएको महानगरले जनाएको छ ।
सम्झौता अनुसार महानगरले अहिले प्रति एम्वुलेन्स करिब मासिक एक लाख बीस हजार रुपैयाका दरले नेपाल एम्वुलेन्स सेवालाई दिनेछ । सम्झौतासंगै ७० बर्ष नाघेका जेष्ट नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क एम्वुलेन्स सेवा दिनुपर्ने बताइएको छ । सम्झौताको म्याद ५ बर्षको हुने महानगरले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि
पुष १६, २०८१ मंगलबार
पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा फँडानी
पुष १६, २०८१ मंगलबार
‘बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियान’लाई प्रधानमन्त्रीको शुभकामना
पुष १६, २०८१ मंगलबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’
पुष १७, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा लामिछानेसहित ७ जनाको मुद्दामा सरकारी वकिलको बहस सकियो
पुष १७, २०८१ बुधबार
आजदेखि बन्दीपुर भ्रमण वर्ष २०२५ शुभारम्भ
पुष १७, २०८१ बुधबार