मन्त्रालयको भाग मिलेपछि बागमतीमा एमालेले टुंग्यायो मन्त्रीको नाम
नेपालबहस संवाददाता
साउन ८, २०८१ मंगलबार १२:२०:५८
८ साउन, हेटौंडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ जना मन्त्रीको नाम टुंगो लगाएको छ । नेपाली कांग्रेस–नेकपा एमालेबीच वाग्मती प्रदेशमा मन्त्रालयको भागबन्डा टुंगिएपछि एमालेले नाम छनोट गरेको हो ।
कांग्रेसले ७ र एमालेले ६ वटा मन्त्रालयको नेतृत्व गर्ने गरी सहमति भएको छ । सहमतिअनुसार एमालेले शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा प्राप्त गरेको ५ वटा र समाजवादीले सम्हालेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नेतृत्व गर्ने भएको छ । कांग्रेसले माओवादीले प्राप्त गरेको ३ वटा, समाजवादीले लिएको २ वटा र हाम्रो नेपाली पार्टीको नेतृत्वमा रहेको एउटा मन्त्रालयको जिम्मेवारी लिने भएको छ ।
कांग्रेसले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालयको नेतृत्व गर्ने भएको हो । एमालेले आर्थिक मामिला तथा योजना, खानेपानी, ऊर्जा तथा सिँचाइ, वन तथा वातावरण, स्वास्थ्य, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिने भएको हो ।
एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन, भक्तपुरका किरण थापा मगर, चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउन लागेको हो । नाम टुंगो लागेकाप्रकाश श्रेष्ठबाहेक सबै नयाँ अनुहार हुन् । प्रकाश यसअघि उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री थिए ।
बागमतीमा कांग्रेस–एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेस गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार