गृहमन्त्री लेखकद्वारा विपदका घटना बारे संसदमा जानकारी
नेपालबहस संवाददाता
साउन ८, २०८१ मंगलबार १५:१९:२९
८ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपदका घटनाको प्रतिनिधि सभामा जानकारी दिएका छन् ।संसदमा बोल्दै गृहमन्त्री लेखकले जेठ २८ देखि हालसम्म १ हजार ५९२ घटना विपदका घटना भएको र सो क्रममा १३० जनाको मृत्यु भएको १४४ जना घाइते भएको जानकारी दिएका छन् ।
त्यस्तै ४८ जना बेपत्ता भएको र ५९४ पशुचौपाया नोक्सानी भएको उनले बताए । यस बर्षको बाढी पहिरोबाट २३१ घर र ८४ गोठमा क्षति पुगेको भन्दै ४३ वटा पुल र २ सरकारी भवन भत्किएको तथा ४ हजार ४ परिवार विस्थापित हुने अवस्था आएको र जसमध्ये १ हजार ५९ परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले संसदमा बताए ।
प्राकृतिक विपदबाट देशका ७७ वटै जिल्ला प्रभावित भएको र विपदपछिको खोज तथा उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ र सशस्त्र प्रहरीका ३ हजार ९५६ जना खटिएको अवस्था छ । ती सुरक्षाकर्मीले ९८९ जनालाई उद्धार गरेको तथा उद्धारमा कतिपय स्थानमा नेपाली सेना समेत खटिएको अवस्था छ । प्रभावितहरुलाई आवश्यक राहत सामग्रीको प्रबन्ध गरेको तथा मृत्यु भएकामध्ये ४७ परिवारलाई राहत दिइसकेको र बाँकी प्रक्रियामा रहेको छ ।
त्यस्तै उनले ४८ जना बेपत्ता भएकाहरुको पत्ता नलागेका परिवारलाई मृतक सरह नै राहत उपलब्ध गराउने निर्णय भएको छ । घाइते १४४ जना मध्ये ५ उपचाररत छन् भने बाँकी सबै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर गइसकेको जानकारी दिए ।
उनले भने- 'घाइतेको उपचारमा तीनै तहका सरकार खटेको अवस्था छ । ९ जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ । असार २८ मा चितवनको सिमलतालमा बस दुर्घटनामा परी बेपत्ता भएका ६२ जना मध्ये हालसम्म २४ जनाको शव फेला परेको छ । १९ जनाको पहिचान भइ आफन्तले शव बुझिलगेका छन् भने पाँच जनाको पहिचान हुनु सकेको छैन । बाँकी ४३ जनाको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले खोजी कार्य गरिरहेको छ । खोजी कार्यका लागि ३६८ सुरक्षाकर्मी अहोरात्र खटिएको अवस्था छ ।'
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
पोखराविरुद्ध ५ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्सले सुनिश्चित गर्यो प्लेअफमा स्थान
मंसिर ३०, २०८१ आइतबार
बङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
मंसिर ३०, २०८१ आइतबार