संविधान संशोधन आवश्यक छ, यसमा लेखिएका कुरा राम्रोसँग पढेर मात्र बहसमा बसौँः कोइराला
नेपालबहस संवाददाता
साउन ८, २०८१ मंगलबार १६:५१:१२
८ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफूले बनाएको संविधान राम्ररी पढेर मात्र यसको बहसमा आउन नेताहरूलाई सुझाव दिएका छन् । उनले संविधानका प्रावधानका विषयमा नेताहरूमा अध्ययन कम भएको र अनावश्यक टिप्पणी हुन थालेको बताएका छन् । संविधान यथोचित कुरामा संशोधन हुनुपर्ने उनको तर्क छ ।
नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरूले संविधान राम्रोसँग अध्ययन नगरेको बताए । उनले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको र यो अवधिमा देखिएका कमजोरीलाई सच्याउन भनिएको बताए । संविधान संशोधनका विषयमा संसद्मा पनि दुई थरी धारणा आएको बताए ।
संविधान संशोधन गर्दा समावेशीताको कुरालाई अझ बलियो बनाउने गरी जानुपर्ने र निर्वाचन प्रणालीलाई सुधार गर्नु पर्नेमा उनले जोड दिए । तर संशोधनको नाममा कतै पेन्डोरा बक्स त खुल्ने होइन भन्ने डर भएकाले यसमा सचेत हुनुपर्ने उनको भनाइ थियो । संविधान संशोधन गर्दा समावेशीताको कुरालाई अझ बलियो बनाउनु पर्ने जरूरी रहेको र निर्वाचन प्रणालीलाई पनि सुधार गर्दै संशोधनको गर्नुपपर्ने बताए ।
यसमा मिडिया जगतले पनि सचेत भएर खबरदारी गर्नुपर्ने बताए । उनले भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरालाई कांग्रेसले गम्भीर भएर ध्यान दिनु पर्ने बताए । ‘देशमा भ्रष्टाचारको सीमा नै नाँघेको छ। त्यसैले यसको नियन्त्रण र सुशासनलाई केन्द्रमा राखेर कांग्रेसले काम गर्नुपर्दछ ।
ठूला दल कांग्रेस–एमाले एक ठाउँमा उभिदा कतै निरंकुशता उब्जन्छ कि भन्न डर भएकाले मिडियाले निरन्तर खबरदारी गर्नु पर्नेमा उनले जोड दिए । सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न नसकिने भन्दै उनले संसदबाट सहीलाई सही र गलतलाई गलत हो भन्ने आवाज उठाउने विचार व्यक्त गरे । अहिले मन्त्रीहरु खादा मालामा व्यस्त भएको भन्दै उनले यो सरकारलाई गल्ती गर्ने र कुनै कमी कमजोरी गर्ने छुट नभएको बताए ।
उनले नेपाली कांग्रेस र नेकपा एमालेमिलेर बनेको सरकारको निगरानी गर्नुपर्ने बताए । सरकारको प्राथमिकतामा संविधान संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रण परेको भन्दै राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ । देशमा प्रधानमन्त्री परिवर्तन भइरहेको तर पोलीसी परिवर्तन हुन नसकेको बताए ।
उनले भने, ‘यो सरकार बनाउनुपूर्व निर्वाचन भयो, निर्वाचन हुँदा कांग्रेस र माओवादी एक ठाउँमा थियो । सरकार माओवादी र एमालेको बन्यो । त्यसपछि कांग्रेस र माओवादीको बन्यो । फेरि माओवादी र एमालेको बन्यो । प्रधानमन्त्री उही हुनुहुन्छ । पोलिसी चेन्ज भइरहेको छ । अनि देश कसरी अघि बढ्छ । दुई ठूला दल एक ठाउँमा उभिँदा निरंकुशता जन्मिन सक्छ । हामी सचेत हुनुपर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार