तरकारी खेतीबाट वार्षिक छ लाख आम्दानी
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार १३:२०:२४
९ साउन, कैलाली । यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले लामो समयदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । उनले तरकारी खेतीबाट वार्षिक रु छ लाख बचत गर्ने गरेको बताए ।
“विगत २६ वर्षदेखि परम्परागत रुपमा तरकारी खेती गर्दै आएको थिएँ । पछिल्ला केही वर्षयता व्यवसायलाई व्यवस्थित र विस्तार गर्दै लगेको छु”, चौधरीले भने । अहिले १५ कठ्ठा जग्गामा तरकारी खेती विस्तार गरिएको बताउँदै उहाँले वर्षभरिमा सबै खर्च कटाएर रु छ लाखसम्म बचत हुने गरेको जानकारी दिए ।
“यस वर्षको वर्खा याम सुरु भएदेखि हालसम्म रु एक लाख ५० हजारको तरकारी बिक्री गरिसकेको छु”, चौधरीले भने, “अहिले दैनिक ५० देखि ६० किलो तरकारी बिक्री हुन्छ । भिन्डी प्रतिकिलो रु एक सय, बोडी रु दुई सय, करेला रु एक सयमा बिक्री हुने गरेको छ ।”
सिजन अनुसारका सबै किसिमका तरकारी लगाउने गरेको चौधरीले बताए । “उत्पादित तरकारी बेच्न समस्या छैन । धनगढीस्थित हाटबजारमा लगेर बिक्री गर्छु”, उनले भने, “आम्दानीको स्रोत नै यही व्यावसाय हो । यसमा लगानी कम र मेहनत बढी छ । मेहनत गर्दा धान गहुँभन्दा तरकारीमा आम्दानी कमाइ मनग्य हुन्छ ।”
पाँचजना परिवारको सबै खर्च तरकारी खेतीबाटै भइरहेको चौधरीले जानकारी दिए । “दुई छोरा र एक छोरी विद्यालय पढ्छन् । पढाइलेखाइ, औषधि उपचार सबै खर्च यसबाट सञ्चालित छ”, उनले भने, “अन्यन्त्र गएर मजदुरी गर्नु भन्दा आफ्नै घरमा बसेर काम गर्न पाउँदा सन्तुष्ट छु ।”
तरकारी बिक्रीबाटै भएको आम्दानीबाट विसं २०७५ मा चार कोठाको पक्की घर बनाएको चौधरीले बताए । सिँचाइको राम्रो व्यवस्था हुनसके तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिने उनको भनाइ छ ।
सोही वडाको मटियारीका बिखलु रानाले पनि लामो समयदेखि तरकारी खेती गर्दै आएको छ । रानाले आठ कठ्ठा जग्गामा व्यावसायिक तरकारी खेती गर्ने गरेको बताए । तरकारी खेतीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुने गरेको उनले जानकारी दिए ।
“तरकारी खेतीबाट भएको आम्दानीले सहज जीविकोपार्जन भइरहेको छ । सबै खर्च कटाएर वार्षिक रु तीन लाखसम्म बचत हुन्छ”, उनले भने, “तरकारी बेच्नलाई बजार कुनै समस्या हुँदैन । नजिकैको हाटबजारमा लगेर बिक्री गर्छु ।” स्थानीय सरकारले किसानलाई अनुदानमा बीउका साथै प्रविधिमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
मंसिर ६, २०८१ बिहिबार
तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती
मंसिर ६, २०८१ बिहिबार
तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार