२१ वर्ष पुरानो थियो ५० सीट क्षमताको सौर्यको जहाज
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार १४:२:३१
९ साउन, काठमाडौं । बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाज १९ वर्ष ४ महिना पुरानो भएको खुलेको छ । पोखरा उडान भर्ने क्रममा बुधबार विहान ११ बजेतिर रनवे २ बाट चिप्लिएर विमान दुर्घटनामा परेको थियो । २१ वर्षअघि निर्माण भएको ५० सीट क्षमताको बम्बार्डियर सीआरजे २०० वाई ५० विमान मर्मत गर्नुपर्ने थियो ।
यो विमान छैठौं पटक बिक्री भएर नेपाल ल्याइएको थियो । यो विमान सन् २००३ अप्रिलमा तयार पारिएको थियो । बम्बार्डियरले सन् २००३ मे मा सो विमान अमेरिकी वायुसेवा प्रदायक कम्पनी एट्लान्टिक कोस्ट एअरलाइन्सलाई बेचेको थियो । एट्लान्टिक कोस्ट एअरलाइन्सले अगष्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्स एअरलाई विमान बेचेको थियो ।
विमानमा सौर्य एयरमा कम्पनीका इन्जिनियर लगायतका कर्मचारी सवार थिए । दुर्घटना भएको जहाजमा लागेको आगो नियन्त्रणमा आइसकेको छ । जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक भएको छ । सो जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।
दुर्घटना भए पश्चात् तत्काल विमानस्थलमा रहेको नेपाली सेनाको कम्पोजिट क्वीक रियाक्सन टिम(सीक्युआर) लगायत विमानस्थल सुरक्षार्थ तैनाथ नेपाली सेनाका युनिटहरुबाट २ सय ५२ जनाको टोलीले अन्य सुरक्षा निकाय सहित तत्काल उद्धार कार्यमा परिचालन भएको थियो । दुर्घटनाग्रस्त जहाजबाट चालक दलका एक जना सदस्यलाई जीवितै उद्धार गगरियो भने अन्य १८ जनाको शव निकाली त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा पठाएको छ ।
१९ जनामा १८ जना नेपाली र १ जना यमन नागरिक थिए । जहाज मर्मतको लागि पोखरा जान उडेको थियो । यसमा सबै सौर्य एयरलाइन्सका कर्मचारीहरू मात्र थिए । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको जनाइएको छ । विमानमा क्याप्टेन मनिषरत्न शाक्य थिए । उनको उपचार भइरहेको छ ।
को–पाइलट सुशान्त कटुवालको पनि मृत्यु भएको छ । विमानमा सवार कर्मचारीहरूमा अमितमान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार
वायुसेवा निगमको आन्तरिक उडान ठप्प
पुष ९, २०८१ मंगलबार
स्वास्थ्य मन्त्रालयद्वारा ‘जेनेरिक’ औषधि सुझाव समिति गठन
पुष ९, २०८१ मंगलबार