रसुवामा एक वर्षमा एक सय बढी सम्बन्धविच्छेदका मुद्दा
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार १७:३:१०
९ साउन, रसुवा । जिल्ला अदालत रसुवाले आर्थिक वर्ष २०८०/८१ को कार्य प्रगति सार्वजनिक गरेको छ । अदालतका स्रेस्तेदार मुना अधिकारी ढकालका अनुसार गत वर्ष दर्ता भएका र अल्यासमेत गरी एक सय ६२ थान मुद्दामध्ये एक सय छ थान सम्बन्धविच्छेदका मुद्दा रहेका छन् ।
सम्बन्धविच्छेदका एक सय ३५ थान मुद्दा फछ्र्यौट भएको र २७ थान फछ्र्यौटको प्रक्रियामा छन् । अदालतले समग्रमा एक सय ६४ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । विचाराधीन २७ मुद्दामध्ये १३ थान सम्बन्ध विच्छेदका रहेको स्रेस्तेदार ढकालले जानकारी दिए ।
त्यसैगरी, रसुवामा वैवाहिक अङ्गीकृत नागरिकता लिनेको सङ्ख्या २८ पुगेका छन् । वि.सं २०६४ देखि हालसम्म २८ विदेशी महिलाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । अङ्गीकृत नागरिकता लिनेमध्ये तिब्बती १७, भारतीय १० र भुटानी एक विदेशी महिला विवाह गरी रसुवा आएको जिल्ला प्रशासनको अभिलेखमा उल्लेख छ ।
जिल्ला प्रशासनले गत आर्थिक वर्ष २०८०/८१ मा एक हजार दुई सयलाई नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । गत आवमा नागरिकताको प्रतिलिपि दुई हजार दुई सयले लिएका छन् ।
जिल्ला प्रशासन कार्यालयमार्फत १८ हजार चार सय ३६ ले राष्ट्रिय परिचयपत्र बायोमेट्रिकसहित विवरण सङ्कलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
नेपाली सेनामा नर्स, पण्डितदेखि भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुल्यो (सूचनासहित)
मंसिर २८, २०८१ शुक्रबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार