२ हजारभन्दा बढी घरधुरीमा बिजुलीको पहुँच, स्थानीय खुसी
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार २१:४:५१
९ साउन, भोजपुर । भोजपुरका २२ सय बढी घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले आर्थिक वर्ष २०८०र८१ मा विद्युतीकरणले यहाँका दुई हजार दुई सय १९ घरधुरीमा विद्युत्को पहुँच पु¥याइएको जनाएको छ ।
केन्द्र प्रमुख रामबाबु चौधरीले सदरमुकामबाट सुदूरउत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका–१ को बुमलिङका एक सय ५० घरसहित दुई हजार दुई सय बढी घरमा विद्युत्को पहुँच पुगेको बताए । उनले भने, “दुर्गम ठाउँमा विद्युत्को पहुँच पुर्याउने उद्देश्यअनुसार सो क्षेत्रमा पनि विद्युत् विस्तार गरिएको हो, यसबाट अन्धकारमा बस्नुपर्ने बाध्यता हटेको छ ।”
वर्षौदेखि बत्तीविना अध्यारोमा बस्न बाध्य ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमा विद्युत् पुगेपछि राहत मिलेको छ । घरमा पहिलो पटक विद्युत्को सुविधा पुगेकामा खुसी हुँदै लालबहादुर भुजेलले भने, “वर्षौदेखि विद्युत्को अभावमा कुपी र मैनबत्तीको भरमा बस्नुपरेको थियो, विद्युत् पुगेपछि हाल त्यो बाध्यता हटेको छ । अब हामीलाई सहज भएको छ ।” उनी मात्र होइन यहाँ बत्तीको पहुँच पुगेका सबै नागरिक उत्साहित छन् ।
प्राधिकरणका प्रशासन प्रमुख शान्तिलाल खतिवडाले भने, “जिल्लाका ग्रामीण क्षेत्रमा विद्युतीकरणको काम भइरहेको छ, बाँकी रहेका स्थानीय तहमा पनि विद्युत्को पहुँच पु¥याउन यस नयाँ आवमा पनि बजेटअनुसार निरन्तर काम हुनेछ ।”
भोजपुर जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका छन् । जिल्लामा हालसम्म करिब ८६ प्रतिशत घरमा विद्युतीकरण भइसकेको छ भने विद्युतीकरणका लागि बाँकी रहेको आमचोक गाउँपालिका र साल्पासिलिछो गाउँपालिका क्षेत्रमा पनि पूर्ण विद्युतीकरणका लागि कार्यअघि बढेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका सुपरभाइजर दुर्गानन्द चौधरीले बताए ।
जिल्लामा हाल राष्ट्रिय प्रशारण लाइनबाट करिब २६ हजार बढी घरधुरीले विद्युत् सेवा उपयोग गरिरहेका छन् । जिल्लामा अहिले दुईवटा जलविद्युत् आयोजना सञ्चालनमा छन् । जसबाट उत्पादित १३ मेगावाट बिजुली पनि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
पुष ११, २०८१ बिहिबार
माझीदाईका गुनासाः दिनभरि काम गर्यो, फर्कदा रित्तै !
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
नेपाल स्वास्थ्य सम्मेलन सुरु
पुष ११, २०८१ बिहिबार
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव
पुष ११, २०८१ बिहिबार