एआइजी डा सिंहको बिदाइ
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार २२:०:१
९ साउन, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त हुन लाग्नुभएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा आशा सिंहलाई बिदाइ गरेका छन् । आज नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले सेवानिवृत्त हुन लागेकी प्रहरी अतिरिक्त महानिरीक्षक डा सिंहले नेपाल प्रहरी अस्पतालको संस्थागत विकास एवं सुदृढीकरणका लागि सङ्गठनबाट सुम्पिएका हरेक जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गरेको बताए ।
सरोकारवाला निकायको समन्वयमा शैक्षिक तथा स्वास्थ्य सेवाको विस्तारलगायत नीतिगत निर्णयबाट साङ्गठनिक सुधारका क्षेत्रमा उपलब्धिमूलक काम भएको उनले उल्लेख गरे । महानिरीक्षक कुँवरले सेवानिवृत्त जीवनपश्चात् पनि सङ्गठनको हितका लागि सदैव रचनात्मक सल्लाह, सुझाव एवं सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे ।
बिदाइ कार्यक्रममा डा सिंहले आफ्नो सेवा अवधिमा गरेका अनुभवसहितको मन्तव्य राख्दै सङ्गठनका लागि सधैँ सहयोग जारी रहने बताए । डा सिंह विसं २०५२ माघ १८ गते प्राविधिक प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । प्रहरी अतिरिक्त महानिरीक्षक सिंह उमेर हदका कारण भोलि साउन १० गते सेवानिवृत्त हुँदैछिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण र बीआरआईबारे कांग्रेसमा छलफल
मंसिर १२, २०८१ बुधबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार