लुम्बिनी सरकारमा केन्द्रको हस्तक्षपले चरम असतुष्टि, प्रदेश कार्यसमितिलाई बेवास्ता गरेको आरोप
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार ८:१९:४६
१० साउन, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको विषयमा एमालेपछि लुम्बिनी कांग्रेसभित्र पनि असन्तुष्टि देखिएको छ । कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले मन्त्री छनोटको विषयमा प्रदेश समितिलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाउँदै पार्टी सभापति शेरबहादुर देउवालाई बुधबार नै ध्यानाकर्षण पत्र बुझाएका छन् । सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र जनताको निराशा चिर्ने गरी सक्षम मन्त्री छान्नु पर्नेमा त्यस्तो नगरी मन्त्री छनोट गरिएको र मन्त्री छनोटका क्रममा प्रदेश कार्यसमितिलाई बेवास्ता गरिएको कांग्रेस प्रदेश समितिको आरोप छ ।
सभापति देउवालाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ- ‘संघीयता एवं समावेशीताको मर्म र पार्टीको विधानअनुसार प्रदेश पार्टीको अन्तरसम्बन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठन गर्नुपर्ने प्रावधानलाई कुल्चिएको छ । नेपाली जनतामा संघीयता र प्रदेश संरचनाप्रति वितृष्णा पैदा भइरहेको बेला नेपाली कांग्रेसका आम साथीहरुको भावनाविपरीत यस किसिमको निरकुंश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्न ठहर गरेका छौं ।’
कांग्रेसले लुम्बिनी प्रदेश सरकारमा कांग्रेसले ४ जना मन्त्री पठाएको छ । कांग्रेसको भागमा ५ मन्त्रालय परेपनि ४ जनालाई मन्त्री बनाएको हो । जसमा गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीले बिना विभागीय मन्त्रीको शपथ लिएका छन् ।
यसैगरी एमालेभित्र मुख्यमन्त्री छनौटको विषयमा असन्तुष्टि व्यक्त भएको छ । एमाले लुम्बिनी संसदीय दलका लिला गिरीले संसदीय पद्दतिको विरुद्ध मुख्यमन्त्री नियुक्त गरेको भन्दै संसदीय दलको पदबाट राजीनामा दिएका छन् । त्यस्तै एमालेका प्रमुख सचेतकले पनि राजीनामा दिएका छन् । एमालेका महासचिव शंकर पोखरेलको हस्तक्षेपपछि संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्री बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार