सूचना अधिकारीहरू नै सूचनाबाट बञ्चित
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार ९:९:१०
१० साउन, चितवन । यहाँका स्थानीय तह र सरकारी कार्यालयका सूचना अधिकारीहरू नै सूचनाबाट वञ्चित हुने गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा बुधबार आयोजित सूचना अधिकारीहरूको बैठकमा सहभागी सूचना अधिकारीले आफूहरू नै सूचनाको पहुँचभन्दा बाहिर रहनुपरेको बताएका हुन् ।
भरतपुर महानगरपालिकाका सूचना अधिकारी मेनुका पण्डितले आफूभन्दा माथिल्लो तहबाट समयमा सूचना प्रवाह नहुँदा सञ्चारकर्मीले सूचना मागेका बेला तत्काल दिन नसकिने अवस्था रहेको गुनासो गरे । माडी नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीले जनप्रतिनिधि भएका निकायमा सूचनाको पहुँचसम्म पुग्न सूचना अधिकारीलाई कठिन भएको दुखेसो पोखे ।
कालिका नगरपालिकाका सूचना अधिकारी प्रकाशचन्द्र पौडेलले सूचना अधिकारीलाई कतिपय सूचना सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि मात्र थाहा हुने गरेको उनले बताए कार्यालयको अन्य जिम्मेवारीसहित सूचना अधिकारीको भूमिकामा बस्दा निकै कठिन हुने गरेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी इन्द्रमणि भण्डारीले बताए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सूचना अधिकारी आफू कार्यरत कार्यालयको कार्य प्रकृतिअनुसार सम्बन्धित पदाधिकारीबाट सूचना लिने, उजुरी पेटिकाको नियमित व्यवस्थापन गर्न सुझाए भने सहभागी पत्रकारले सरकारी निकायका सूचना पाउन कठिन भएको गुनासो गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार