बाजेबजैको कथा मेरो चित्र
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार १०:५७:१९
१० साउन, मोरङ । स्थानिय संस्कृति, साहित्य, र इतिहास संरक्षणको उद्देश्यले ‘बाजेबजैको कथा मेरो चित्र’ कार्यक्रम सम्पन्न भयो । यो कार्यक्रम शान्ति सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र लेटाङ ४ मोरङको आयोजनामा २०८१ साल श्रावण ६ गतेदेखि ९ गतेसम्म सञ्चालन गरिएको छ । कार्यक्रममा रिड नेपाल र एसभिएको आर्थिक तथा प्राविधिक सहयोग थियो ।
कार्यक्रममा सहभागी भएका बालबालिकाहरुले सृजनात्मक रुपमा कथा लेखन र चित्र बनाउने सीप हासिल गर्ने अवसर पाए । साथै, उनीहरुले आफ्ना स्थानीय लोक संस्कृति र इतिहासको जानकारी बाजेबजैबाट प्राप्त गर्ने मौका पनि पाए । बाजेबजैले आफुले सुनेका र जानेका विषयवस्तु आफ्ना नातिनातिनालाई सुनाउने अवसर पाएका थिए ।
कार्यक्रमले छुट्टिदै गएको बाजेबजै संगको हाम्रो सम्बन्ध पुनः जोड्ने, स्थानिय कथा तथा इतिहासको संरक्षण गर्ने, र बालबालिकामा सृजनात्मक कलाको विकास तथा अध्ययन बानीको विकास गर्ने उद्देश्य राखेको थियो । साथै, यसले बन्द हुँदै गरेको सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रलाई स्थानिय समुदायमा पुनः सक्रिय बनाउने प्रयास पनि गरेको छ ।
कार्यक्रमका सहजीकरणकर्ता प्रा. डा. ध्रुब घिमिरे, बाल साहित्य सर्जक यशु श्रेष्ठ, र चित्रकार देवकृष्ण महर्जनले बालबालिकाहरुलाई कथा लेखन र चित्रकला सम्बन्धी विभिन्न पक्षहरुबारे जानकारी दिए । सहभागी विद्यार्थीहरुले तयार गरेका कथा र चित्रलाई पुस्तकको रुपमा प्रकाशन गर्ने तयारी भइरहेको जानकारी अध्यक्ष सुदेश वस्तीले दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
धर्मेन्द्र झाको मैथिली तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक
कात्तिक ५, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
रामचरणको गेम चेञ्जरलाई टक्कर दिँदै अघि बढ्यो बालकृष्णको ‘डाकु महाराज’
माघ २, २०८१ बुधबार
सिवाईसी नेपाल लघुवित्तको स्थगित साधारण सभा माघ १२ गते बस्ने
माघ २, २०८१ बुधबार
संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ, फैसला आउन सक्ने
माघ २, २०८१ बुधबार
‘गली ब्वाईको सिक्वेलमा रणवीर र आलिया नहुने, बिक्की र अनन्या पाण्डे देखिने
माघ २, २०८१ बुधबार
बुधबार सुनचाँदी दुवैको भाउ बढ्यो, तोलाको कति ?
माघ २, २०८१ बुधबार
प्रि-ओपन सेसनमा नेप्से २.६९ अंंकले बढ्यो
माघ २, २०८१ बुधबार