नर्सरी व्यवसायमा धामी परिवारका तीन दशक
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार ११:१८:२१
१० साउन, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ जुडका प्रतापसिंह धामी तीन दशकदेखि नर्सरी व्यवसायमा संलग्न छन् । उनका दाजु पानसिंह र भतिज रुपसिंह धामीको पनि छुट्टै नर्सरी छ । उहाँहरूका नर्सरीमा फलफूल, काठ र घर सजावटमा प्रयोग हुने सबै प्रकारका बिरुवा पाइन्छन् ।
तीन जनाले वर्षमा नर्सरी व्यवसायबाट रु एक करोडका बोटबिरुवा बिक्री गर्दै आएको छ । एक जनाले रु ३० लाख देखि रु ५० लाखसम्मका बिरुवा बिक्री गर्छन् । उत्पादित बिरुवा बिक्रीबाट एक जनाले रु १० देखि १५ लाखसम्मको आम्दानी गर्दै आएको प्रताप धामी बताउँछन् ।
एकजना कृषि अधिकृतको सहयोगमा तत्कालीन सुन्दरपुर कृषि तालिम केन्द्रमा तरकारीखेती, बीउबिजन उत्पादन, फलफूलसम्बन्धी एकीकृत १५ दिने तालिम लिएपछि कागतीका बिरुवाको कलमी गरी बिरुवा उत्पादन थालेका उनीहरूले २०४८ मा नर्सरी व्यवसाय दर्ता गरी व्यावसायिक रूपमा कारोबार प्रारम्भ गरेको हो ।
कोरोना महामारीअघि नर्सरीबाट उत्पादित बिरुवा वार्षिक रूपमा रु एक करोडका बिक्री हुने गरेका थिए । “दुई वर्ष कोरोना महामारीका कारण व्यवसाय नै चौपट भयो”, प्रतापले भने, “हाल व्यवसायमा गति आएको छ, गत वर्ष रु ५० लाखका बिरुवा बिक्री भए, यस वर्ष रु ५५ लाखका बिरुवा बिक्री भए ।” तीनै जनाको नर्सरीमा दैनिक ज्यालादारीमा चारजनाले रोजगारी पाएका छन् । बिरुवा उत्पादनका २५ जनालाई रोजगारी प्राप्त हुन्छ ।
प्रताप सिंहको डेढ बिघा जग्गामा नर्सरी छ । उनी वडाध्यक्षको जिम्मेवारीमा पनि छन् । साँझ र बिहान कामदारसँगै नर्सरीमा काम गर्नुहुन्छ । यहाँ उत्पादन हुने बिरुवा सुदूरपश्चिमका नौवटै जिल्ला, कर्णाली, लुम्बिनी प्रदेशका विभिन्न जिल्लासँगै निकटवर्ती भारतीय बजारमा बिक्री हुने गरेका छन् । नर्सरीमा आँप, लिची, केरा, एभोकाडो, नरिवल, सुपारी, सपोटा, ल्वाङ, कागती, सुन्तला, अम्बा, कटहर, नासपाती, अनार अमिलोलगायतका फलफूलका बिरुवा उत्पादन हुने गरेका छन् । नर्सरीमा पाँच प्रजातिका लिच्ची र १४ किसिमका आँपका बिरुवा पाइन्छन् । सुपर नेपियर, स्मार्ट नेपियर, बकाइनो, टाँकी, वडहर, भिमल, इपिलइपिल, बडहर, किमु घाँसका साथै बाँस, सिसौ, सिमल, जामुन, टिक, पलोनिया, अगरउड, मलेसियन साल, महागुणी, रुद्राक्ष, रक्तचन्दनका बिरुवा पाइन्छन् ।
नर्सरीमा घर सजावटका बिरुवामा अशोक, बोटलपान, समी, धुपी चाइनापान, इरकापान, एरोकेरिया, पनिस पान, साइकस, निलोना, गुडल, चाँदनी, हेपिकस, हेमेलिया, असारे, लालुपाते गुलाब किन्न गृहिणी आउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच प्रदेशका पहाडी भागका केही स्थानमा वर्षा हुने
कात्तिक १, २०८१ बिहिबार
बाढीपहिरोबाट विस्थापित परिवार त्रिपालमुनि
असोज ३०, २०८१ बुधबार
एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता
असोज २९, २०८१ मंगलबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
बुद्ध एयरको माउन्टेन फ्लाइट, ३५ यात्रु बोकेर १५ मिनेट उठाएपछि आकस्मिक अवतरण
कात्तिक १, २०८१ बिहिबार
टी-२० आई खेलमा नेपाको विजयी शुरुवात, घरेलु टोली अमेरिका १७ रनले पराजित
कात्तिक २, २०८१ शुक्रबार
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
कात्तिक २, २०८१ शुक्रबार
ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिभराउ
कात्तिक २, २०८१ शुक्रबार
वेस्ट इन्डिजविरुद्धको टी- २० सिरिजमा श्रीलंका २-१ ले विजयी
कात्तिक २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक २, २०८१ शुक्रबार
दशैंमा कोशीमा दुई सय ६९ सवारी दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए
कात्तिक २, २०८१ शुक्रबार