सशस्त्रमा दुई डीआईजीमा लागि ६ एससएपी प्रतिस्पर्धी
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार १२:५३:१७
१० साउन, काठमाडौं । सशस्त्र प्रहरीमा रिक्त हुन लागेका दुई डीआईजी पदमा ६ जनाले दावी शुरु गरेका छन् । नेपाली कांग्रेसले गृह मन्त्रालय लिने बित्तिकै आफूलाई कांग्रेस रहको भन्दै सशस्त्र प्रहरीका ६ जना एसएसपीले डीआईजीको दावी गरेका हुन् । एसएसपीहरु कृष्ण ढकाल, मनिष थापा, कृष्णराज पाठक, प्रवीण कँडेल, विनोद श्रेष्ठ, दीपेन्द्र कुँवरले लबिङ शुरु गरेका हुन् । सशस्त्र भित्र राष्ट्रिय ज्वाईको उपनामबाट चर्चामा रहेका कुँवरकै अनुकूल गृहमन्त्रालय रहेकाे यसपटक उनको बढुवामा कसैले रोक्नसक्ने अवस्था नरहेको र बाँकी एक पदका लागि पाँच जनाको प्रतिस्पर्धा रहेको बताइएकाे छ ।
भदौको पहिलो साता लुम्बिनी प्रदेशका ५ नम्बर वाहिनीपति अभि खत्री र सुर्खेतस्थित ६ नं बाहिनीपति दुर्गा भट्टराई अवकाशमा जाने भएका छन् । त्यसका लागि सशस्त्र भित्र अहिलेबाटै लबिङ शुरु भएको हो । ढकाल, थापा र पाठक यसअघि पनि डीआईजी हुने सूचीबाट बाहिरिएका थिए । प्रतिस्पर्धी भएपनि उनीहरू छुटेका हुन् । यसपटक स्वाभाविक बढुवा हुने हो भने यी तीन मध्ये दुई बढुवा हुनेछन् । तर यसपल्ट यस्तो अवस्था छैन । यसअघि नै बढुवा हुनुपर्ने भन्दै कम्मर कसेर लागेका कुँवरले छाड्ने स्थिति छैन । उनी संगठनभित्र आईजीपी राजु अर्याल, एआईजी नारायण दत्त पौडेल र वंशी दाहालसँग राम्रो सम्बन्ध बनाएर बसेका छन् ।
त्यति मात्र होइन, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका आफ्नै बहिनी ज्वाई भएकै कारण सशस्त्रमा बारम्बार अनुचित लाभ लिँदै आएकाले अहिले यो मौका उनले चुकाउने अवस्था देखिँदैन । यसअघिको सरकारमा चुपचाप रहेका कुँवर अहिले विस्तारै चहलपहल बढाउन थालेका छन् । ‘मलाई खास डर छैन, मेरो बारेमा जे जति समाचार आउनु थियो, त्यो सबै आइसक्यो, शक्तिमा हुँदा जसले पनि गर्ने हुन्’, उनले आफू निकट रहेका प्रहरी कर्मचारीलाई उनले भन्दै आएका छन् ।
सशस्त्र प्रहरीले राजनीतिक भेटघाट र कूटनीतिक भेटघाटलाई कस्दै लगेको भएपनि उनका हकमा भने यो लागु हुँदैन । ‘ओपन सेक्रेट जस्तै छ, कुँवर शक्तिकै आडमा यो अवस्थामा आइपुगेका हुन् अहिले पनि उनको बढुवा कसैले पनि रोक्ने सक्दैनन्, प्रधानमन्त्री मात्रै हो उनको बढुवा रोक्ने’, सशस्त्र मुख्यालयका एक अधिकारीले भने । बेसिकमा ६६ नम्बरमा रहेका कुँवर अहिले उनको व्याचको एक नम्बरको एसएसपी हुन् । सशस्त्र प्रहरी नियमावली, उनकै बढुवाका लागि यसअघि २०७२ नै संशोधन गरेर पहिलो नम्बरमा वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरिएको थियो ।
२०७९ असार २३ गते सशस्त्र प्रहरी नियमावली संशोधन हुनुअघिसम्म एसपी भएको ४ वर्ष पूरा भएपछि बल्ल एसएसपी बढुवाका लागि योग्य हुने प्रावधान थियो । पछि यो प्रावधान कुँवरलाई बढुवा गर्नुपरे पछि संशोधन गर्दै ३ वर्षमा झारियो । यसले पनि के देखाउँछ भने उनी आफ्नो हकमा नियमावली नै संशोधन गराउन सक्ने हैसियत राख्छन् ।
चार वर्षे प्रावधानअनुसार २०७९ वैशाख २६ गते नै सि सं. १ का दीपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनीकुमार पोख्रेल, दीपक अधिकारीलगायत एसएसपी बढुवाका लागि योग्य भइसकेका थिए । सोही अनुसार उनीहरुको बढुवा अघि बढ्नु पर्नेमा केही समय रोकिएका थियो । यो रोकिनुको पछाडि उनै कुँवरको बढुवा जोडिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
मंसिर २४, २०८१ सोमबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार