ट्राफिक प्रहरीद्धारा एक करोड बढि राजश्व संकलन, सबै भन्दा बढि मोटरसाइकल कारबाहीमा
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार १२:३८:१०
प्रकाश डोटेल
११ साउन, स्याङ्जा । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८०-०८१ मा एक करोड भन्दा बढि राजश्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने १४ हजार ६ सय १० सवारी साधनलाई कारबाही गर्दा एक करोड १० लाख ९७ हजार राजश्व संकलन भएको हो ।
ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन मध्ये सबै भन्दा बढि ५ हजार मोटरसाइकल कारबाहीमा पर्दा ३९ लाख १२ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कारबाहीमा परेका ३६ सय ८ जिप, कार भेनबाट २६ लाख ८४ हजार राजश्व उठेको छ ।
प्रहरीले नियम उल्लंघन गर्ने १५ सय २४ ट्रकलाई कारबाही गर्दा ११ लाख २९ हजार राजश्व संकलन भएको छ भने एक हजार ९ सय ३२ बस कारबाहीमा पर्दा १४ लाख ३१ हजार ५ सय र ११ सय ६६ ट्याक्टरलाई कारबाही गर्दा ९ लाख ४५ हजार राजश्व संकलन भएको छ ।
ट्राफिक प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा ५ वर्ष भन्दा बढि समय नवीकरण नगरेका सवारी साधनलाई नियन्त्रणमा लिएर यातायात कार्यालय पोखरामा बुझाएसँगै झण्डै २७ लाख अतिरिक्त राजश्व संकलन उठेको जिल्ला ट्राफिक प्रहरी प्रमुख केशर बहादुर मल्लले दाबी गरे ।
ट्राफिक प्रहरीको सक्रियतासँगै वर्षेनी राजश्व संकलनमा बृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७९-०८० मा ट्राफिक प्रहरीले १३ हजार बढि सवारी साधनलाई कारबाही गर्दा १० लाख ७२ हजार राजश्व संकलन गरेको थियो । अघिल्लो वर्ष भने ७० लाख ८४ हजार मात्रै राजश्व संकलन भएको थियो ।
आर्थिक वर्ष २०८०-०८१ मा भएको १७ सवारी दुर्घटनामा १२ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरले जनाएको छ । दुर्घटनामा ४ जना गम्भिर र ५ सामान्य घाईते भएका थिए । गएको वर्ष १८ सवारी दुर्घटनामा १२ जना महिला तथा पुरुषले ज्यान गुमाएको प्रहरीसँग तथ्याङ्क छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले विद्यालय तथा समुदायसँगको सहकार्यमा सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ । जिल्लाको फेदीखोला, सेतिदोभान, वालिङ, गल्याङ्, छाप र चापाकोटका ट्राफिक चेकपोष्टबाट प्रहरीले सचेतनामुलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरी हेमबहादुर मल्लले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर बक्यौतामा चुक्यो आन्तरिक राजश्व, विवादित रकम १ खर्ब २३ अर्ब ८० करोडमाथि
मंसिर ४, २०८१ मंगलबार
वीरगञ्जको सुक्खाबन्दरगाहमा २० करोडले घट्यो राजस्व
मंसिर २, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमती
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार