अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार १२:४४:१५
१० साउन, काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल 'एमडब्लूसी'को ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन्। एमडब्लूसीले बुधवारदेखि लागू हुने गरी अभिनेता नाजिरलाई ब्राण्ड एम्बेसडरको रूपमा
नियुक्त गरेको हो ।
एमडब्लूसीका अनुसार नाजिरलाई एक वर्षसम्मको लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको छ । उनले कम्पनीका प्रडक्टहरूको विभिन्न तरिकाबाट प्रचार साथै बिक्री गर्नमा मद्दत गर्नेछन् । नाजिर पहिलोपटक एमडब्लूसीको ब्राण्ड एम्बेसडर बनेका हुन् ।
कार्यक्रममा बाल्दै अभिनेता नाजिरले एमडब्लूसीका प्रडक्ट उपयुक्त रहेको बताए । ‘इयरबड सबै भन्दा बढी प्रयोग गर्ने मध्ये म पनि एक हुँ, प्राय मेरो साथमा इयरबड भइराख्छ,’ उनले भने,‘एमडब्लूसीको ब्राण्ड एम्बेसडर बन्न पाउँदा खुशी छु ।’
सोही क्रममा कम्पनीले आफ्नो दुई वटा प्रडक्ट पनि सार्वजनिक गरेको छ । कम्पनीले इयरबडको नयाँ मोडल र २२।५ वाटको पावर बैंक बजारमा ल्याएको एमडब्लूसीका प्रमुख सुनिल जैसवाल जनकारी दिए । कम्पनीले एमडब्लूसी इयरबड प्रो 'एमटी९९९' मोडलको इयरबड ल्याएको हो । एमआई, ओप्पो, भिभो, वनप्लस, ह्वावे र अन्य ब्रान्डका डिभाइसमा यो केबल सपोर्ट हुने कम्पनीले जनाएको छ ।
उक्त इयरबडको एमआरपी मूल्य ६ हजार ४९९ रुपैयाँ तोकेको छ । यद्यपि अहिले सो इयरबडको खरिदमा अफर चलिरहेको हुँदा बजारमा ३ हजार २९९ रुपैयाँमा उपलब्ध रहेको पनि जैसवाल जानकारी दिए । यस्तै, पावर बैंकको मूल्य भने ३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार