आर्थिक सल्लाहकार खतिवडासँग मन्थनपछि भोलि मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार १४:१७:५४
१० साउन, काठमाडौं । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडाले अध्ययन गर्न भन्दै रोकेको मौद्रिक नीति भोलि शुक्रबार सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैंक उच्च स्रोतका अनुसार शुक्रबार बिहान सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्ने तयारी छ ।
नेपाल राष्ट्र बैंकले गएको शुक्रबार नै आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, प्रधानमन्त्रीको कार्यालयबाट रोकिएको थियो । राष्ट्र बैंकले तयारी पूरा गरेर मौद्रिक नीति सार्वजनिक गर्ने योजना साथ गत शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक पनि बोलाएको थियो, तर मौद्रिक नीति आएन । यो किन रोकियो र अब कहिले आउँछ भन्नेमा राष्ट्र बैंकले नै जवाफ दिन सकिरहेको थिएन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयले पनि कुनै हस्तक्षेप नभएको बताएका थिए । राष्ट्र बैंक स्रोतका अनुसार अन्तिम समयमा प्रधानमन्त्री कार्यालयबाट मौद्रिक नीति रोक्न निर्देशन आएको थियो । त्यसपछि रोकिएको हो । प्रधानमन्त्री ओलीले खतिवडालाई आर्थिक सल्लाहकारमा नियुक्त गरेपछि उनले मौद्रिक नीति अध्ययन गर्न बताएका थिए । यसपछि गभर्नर महाप्रसाद अधिकारीलाई केही दिन रोक्न भनिएको थियो ।
कार्यविधिमा आर्थिक वर्ष सकिएको १५ दिनभित्र मौद्रिक नीति ल्याउनुपर्छ । कुन दिन आउँछ, भन्न सकिने अवस्था छैन, शुक्रबार सञ्चालक समितिको बैठक बोलाइएकाले भोलि नै आउन सक्छ, स्रोतले भन्यो । राष्ट्र बैंकले प्रायः साउन पहिलो साता नै मौद्रिक नीति ल्याउने गरेको थियो । आर्थिक वर्ष ०८०/८१ मा साउन ७ मा र ०७९÷८० मा साउन ६ मा मौद्रिक नीति सार्वजनिक गरिएको थियो ।
अहिले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न तरलता व्यवस्थापन गर्दै कर्जा प्रवाह र ब्याजदरलाई प्रवाहित गर्ने काम मौद्रिक नीतिले गरेको छ । मौद्रिक नीतिले अर्थतन्त्रमा आवश्यक मात्रामा तरलता वा मुद्राको मात्राको उपलब्धता सुनिश्चित गरी समष्टिगत आर्थिक स्थिरता कायम गर्न भूमिका खेल्ने भएकाले पनि सबैले यसमा चासो राखेका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा नेपाल राष्ट्र बैंकले वार्षिक रूपमा मौद्रिक नीति तर्जुमा गरेर सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेपछि राष्ट्र बैंकले वार्षिक रूपमा मौद्रिक नीति तर्जुमा गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ११, २०८१ बिहिबार
आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
५ महिनामा १ अर्ब ७६ करोड युनिट बिजुली बिक्री, १३ अर्ब ४ करोड आम्दानी
पुष ११, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार