धानबालीमा फेद कुहिने र गाँज मर्ने समस्या, किसान चिन्तित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार १४:२९:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/paddy_S78cKO6RWE_cFdhCV1sX0.jpg)
♦ तारानाथ आचार्य
१० साउन, बागलुङ । धान रोपेको एक महिना भएको छैन । समयमै वर्षा भएकाले यस वर्ष यहाँका किसानले समयमै धान रोप्न पाए । धान हरियो भएर गाँज लाग्ने बेला फेद कुहिन थालेको छ । फेद कुहिने र गाँज मर्ने समस्या देखापरेपछि किसान चिन्तित बनेका छन् ।
बागलुङ नगरपालिकको पैयुँपाटा, अमलाचौर, नारायणस्थान, सिम, कालीमाटीका खेतमा रोपेको धान दुई साता नपुग्दै मर्न थालेको हो । धानको फेद र डाँठ कुहिएर पहेँलो हुँदै मर्न थालेको किसान लालप्रसाद शर्माले बताए। “धान गोड्ने समय हुँदै थियो, ढुसीजन्य रोग फैलिएर धानको फेद कुहिने र पात मर्ने समस्या देखिन थालेको छ”, शर्माले भने ।
हिउँदभरि खानपुग्ने अन्न उब्जाउन दुःख गरेर रोपेको धानका गावा खाली हुँदै गएका छन् । अनुकूल मौसम परेकाले समयमै धान रोप्न पाएपछि किसान हर्षित बनेका थिए । उत्पादन बढ्नेमा ढुक्क किसान एकाएक रोगको प्रकोप देखिन थालेपछि अहिले निराश बनेका छन् ।
“यस वर्ष समयमै वर्षात् हुँदा रोपाइँ सकेर उम्किएका थियौँ, बागलुङ–१३ पैँयुपाटाका किसान मुक्तिराम शर्माले भने, “अहिले धान उत्पादन पनि बढ्ने भो भनेर निकै आशावादी थियौँ, रोपेको दुई साता नपुग्दै फेद कुहिने समस्याले सबै धान मर्न थालेपछि सोचेजस्तो धान उत्पादन हुने भएन ।”
रोग नियन्त्रणको उपाय खोजी भइरहेको उनले बताए । उनले अधिकांशको पानीमा राखिएको बीउमा यो समस्या देखिएको बताए । शर्माको झण्डै पाँच रोपनी खेतमा यो समस्या देखिएको छ ।
धानमा समस्या देखिएपछि नगरपालिकाले कृषि प्राविधिकसहितको टोली अनुसन्धानका लागि पठाएको छ । नगरपालिकाले तत्काल ढुसीजन्य रोग नियन्त्रणका लागि केही विषादी किसानलाई उपलब्ध गराएको बागलुङ–१३ का वडाध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार नगरपालिका र कृषि ज्ञान केन्द्रका प्राविधिकको स्थलगत अनुगमनपश्चात् रोग नियन्त्रणका लागि गर्न सकिने प्रयासको थालनी गरिएको छ । नगरभित्र झण्डै दुई सय रोपनी क्षेत्रफलको खेतमा यो समस्या देखिएको नगरपालिकाका कृषि शाखा प्रमुख सुवास सापकोटा बताउँछन् ।
उनले यसको रोकथामका लागि किसानलाई ‘बेबिस्टिन’ नामक विषादी उपलब्ध गराइएको र खेतमा विषादी राख्ने काम भएको बताए । “धानको फेद कुहिने समस्या नगरक्षेत्रका विभिन्न वडामा देखिएको छ”, सापकोटाले भने, “विशेषगरी स्थानीय जातका धानबाली, एक्ले, गुडुरा, खुमलटार र गौरीयालगायत धानमा यो समस्या बढी देखिएको छ ।”
उनले रोग नियन्त्रणका लागि किसानलाई खेतमा पानी सुकाएर औषधि प्रयोग गर्ने र एक सातामा एक दिनमात्र पानी लगाइ अन्य दिन सुक्खा राखेमा समस्याको समाधान हुने सापकोटाले बताए । समयमा रोकथाम हुन नसकेमा प्रकोपग्रस्त क्षेत्रको धान उत्पादनमा झण्डै ५० प्रतिशतको बीचमा गिरावट आउनसक्ने उनले बताए ।
“रोगको प्रकोप समयमै नियन्त्रणमा लिनसके उत्पादनमा ठूलो गिरावट नआउला”, उनले भने । ढुसीजन्य रोगको प्रकोप पानीका माध्यमबाट सर्ने गर्दछ । विगत वर्षदेखि नै बागलुङका विभिन्न क्षेत्रमा यस प्रकारको समस्या देखा परिरहेको छ । धानबालीको फेद कुहिएको देख्नेबित्तिकै त्यसलाई उखेलेर नष्ट गर्ने गरेमा यो रोग अन्य बिरुवामा नसर्ने प्राविधिकहरू बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार