कैलाली भन्सारद्वारा सात अर्ब राजस्व संकलन
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार १६:३०:५९
१० साउन, कैलाली । कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा रु सात अर्ब ९१ करोड ८० लाख राजस्व संकलन गरेको छ । भन्सार कार्यालयलाई गत आवमा रु एघार अर्ब ५८ करोड २४ लाख राजस्व संकलनको वार्षिक लक्ष्य दिइएको थियो ।
भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार सवारीसाधान, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, हार्डवेयरका सामान, खाद्यान्न, तरकारी, कपडालगायतका सामानको आयात घटेकाले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकिएको हो । आव २०८०/८१ मा भन्सार महसुलबापत रु तीन अर्ब एक करोड, मूल्य अभिवृद्धि करबापत रु तीन अर्ब १७ करोड, अन्तः शुल्क बापत रु २० करोड ४४ लाख र अन्य शुल्क बापत रु एक अर्ब ५२ करोड राजस्व सङ्कलन भएको उनले बताए ।
भन्सार कार्यालयले आव २०८०/८१ मा लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार आव २०७९/८० मा रु आठ अर्ब २९ करोड राजस्व संकलन गरेको थियो । आव २०७८/७९ मा रु नौ अर्ब ५८ करोड राजस्व असुली भएकामा आव २०७७/७८ मा रु आठ अर्ब ८४ करोड संकलन भएको थियो । यसैगरी, आव २०७६/७७ मा कोभिड–१९ महामारीका कारण रु चार अर्ब ९२ करोड मात्रै राजश्व संकलन भएको थियो भने आव २०७५/७६ मा रु पाँच अर्ब १९ करोड संकलन गरेको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
नेपाल र भारतबीच समान प्रकृतिको भन्सार मुल्यांकन प्रणाली नहुँदा तस्करी बढ्दो
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार