गुल्मीमा धान उत्पादनको क्षेत्रफल घट्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार १६:४८:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/dhan-sankalpakhabar_xcCI0rGmkC_wEjwF1TOBz.jpg)
१० साउन, गुल्मी । यहाँका किसानलाई यतिबेला रोपाइँको चटारो छ । असार महिनाको अन्तिम सातामा पानीका मुहान फुटेपछि साउन महिनाको सुरुवातसँगै किसान धमाधम रोपाइँमा लागेका हुन् । जिल्लाका अधिकांश किसान मकै भित्राएपछि मात्र धान रोप्ने गर्दछन् ।
साउनको दोस्रो सातासम्म जिल्लामा ८६ प्रतिशत खेतमा धान रोपाइँ सकिएको छ । जिल्लामा सात हजार नौ सय ८८ हेक्टर क्षेत्रफलमध्ये ६ हजार सात सय ८९ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए । गत वर्षको तुलनामा यसपटक रोपाइँ गरेको क्षेत्रफल बढे पनि धान उत्पादन हुने क्षेत्रफल भने घट्दै गएको छ । रोपाइँको क्षेत्रफल घट्नुको मुख्य कारण काम गर्ने जनशक्ति अभाव, बढ्दो बसाइँसराइ, गोरुको अभाव, समयमा जोत्नका लागि ट्र्याक्टर नपाउने, खोलाको कटान, महँगो ज्यालालगायत समस्या रहेको उनले बताए ।
गत वर्ष यस अवधिसम्ममा ७० प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ गरिएको थियो । समयमा पानी परेका कारण किसानले यस पटक छोटो अवधिमा धेरै खेतमा धान रोप्ने अवसर पाएका प्रमुख भण्डारी बताउँछन् । जिल्लाको कूल धान उत्पादन हुने क्षेत्रफलमध्ये यसवर्ष ९० प्रतिशत खेतमा मात्र रोपाइँ हुनसक्ने उनको भनाइ छ ।
गत वर्षको तुलनामा जिल्लामा यसवर्ष समयमा वर्षा सुरु भएसँगै किसान रोपाइँमा व्यस्त भएका हुन् । यस पटक धान रोप्न आकाशे पानीको भर पर्नुपरेन । समयमै पानी परेपछि सिँचाइको समस्या नभएको प्रमुख भण्डारीले बताए । जिल्लामा बडिगाढ फाँट, चौरासी फाँट, छल्दी, निस्ती, पनाहा, सुदि, खैरेनी, खज्र्याङ, शान्तिपुर, मजुवा लगायतका फाँट धान उत्पादनका पकेट क्षेत्र हुन् । गुल्मीमा करिब पाँच सय हेक्टर क्षेत्रफलमा मात्र चैते धान रोपिन्छ भने अन्य सबैमा बर्खे धान लगाउने गरिन्छ । मकैपछि दोस्रो प्रमुख बालीको रुपमा रहेको यस जिल्लामा गत वर्ष करिब २३ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार