५२ मुलुकबाट ६४ अर्ब २४ करोड आयो एफडीआई, चीनबाट झण्डै २४ अर्बको प्रतिबद्धता
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार १६:५७:३६
१० साउन, काठमाडौं । गत आर्थिक वर्ष ६४ अर्ब २४ करोड ३० लाख बराबर प्रत्यक्ष विदेशी लगानी (एफडीआइ) प्रतिबद्धता आएको छ । वैशाखमा तेस्रो लगानी सम्मेलन भएकै कारण प्रतिबद्धता बढेको उद्योग विभागको भनाइ छ । वैशाखमा १३ अर्ब ४४ करोड र जेठमा ११ अर्ब २९ करोड लगानी प्रतिबद्धता आएको छ । साउनमा ११ अर्ब ९३ करोड लगानी प्रतिबद्धता आएको थियो ।
गत आर्थिक वर्षको ११ महिनामा ८ अर्ब २२ करोड रुपैयाँ लगानी भित्रिएको छ । विभागका अनुसार सबैभन्दा बढी चीनबाट २३ अर्ब ९१ करोड ६७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । टर्की, नर्वे, इटाली, डेनमार्क, पाकिस्ता, आयरल्याण्डलगायत २१ मुलुकबाट प्रति मुलुक २ करोड लगानी प्रतिबद्धता आएको विभागको भनाइ छ । यसअघि आर्थिक वर्ष ०७१÷०७२ मा ६७ अर्ब ४५ करोड लगानी प्रतिबद्धता आएको थियो ।
त्यसयता गत आर्थिक वर्ष सबैभन्दा बढी ६४ अर्ब २४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । आर्थिक वर्ष ०७१÷०७२ मा लगानी प्रतिबद्धता भए पनि उक्त वर्ष ४ अर्ब ३८ करोड मात्रै लगानी भित्रिएको छ । विदेशी लगानी प्रतिबद्धता बढे पनि भित्रिने रकम न्यून रहेको छ । सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा भित्र्याउने अनुमति दिने गरेको छ ।
गत आर्थिक वर्ष नेपालमा खुद ५ अर्ब ९६ करोड १३ लाख मात्र एफडीआई भित्रिएको छ । कुल ७ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ विदेशी लगानी भित्रिए पनि १ अर्ब ८० करोड ७३ लाख बराबर पुरानो लगानी बाहिरिएकाले खुद विदेशी लगानी ५ अर्ब ९६ करोड १३ लाख देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
आन्तरिक ऋणका लागि १७ अर्बको ट्रेजरी बिल बिक्रीमा
मंसिर ३, २०८१ सोमबार
गएको चार महिना: सरकारी वित्तमा ८६ अर्ब घाटा
मंसिर २, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
गौतम अडानीमाथि लगाइएको आरोप अदानी समूहले खारेज गर्यो, भन्यो- यी आरोप निराधार छन्
मंसिर ६, २०८१ बिहिबार