पूर्वाधारको वित्तीय प्रगति ८० प्रतिशत : डेढ दर्जन सडक, आधा दर्जन पुल र झोलुङ्गे पुल निर्माण
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार १९:२८:३०
•प्रकाश डोटेल
१० साउन, स्याङ्जा । पूर्वाधार विकास कार्यालय स्याङजाको वित्तीय प्रगति ८० प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/०८१ को कुल बजेट एक अर्ब ३७ करोड ८२ लाख ९४ हजार मध्ये एक अर्ब ११ करोड ६ लाख ७७ हजार खर्च गर्दा ८० प्रतिशत वित्तीय प्रगति भएको हो ।
सडक निर्माण तर्फ विनियोजित एक अर्ब २६ करोड ५३ लाख ७७ हजारमा एक अर्ब एक करोड ९४ लाख खर्च गर्दा ८० प्रतिशत र पुल तर्फको कुल बजेट ९ करोड ९९ लाख १७ हजारमा ८ करोड ७४ लाख ५० हजार खर्च गर्दा साढे ८७ प्रतिशत वित्तीय प्रगति भएको कार्यालय प्रमुख इन्जिनियर दयाराम अधिकारीले बताए ।
भवन तर्फको कुल बजेट ५५ लाखमा ३३ लाख ७७ हजार खर्च हुँदा वित्तीय प्रगति ६१ प्रतिशत भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अन्यमा ७५ लाख कुल बजेट मध्ये ४९ लाख ५० हजार खर्च गर्दा झण्डै ६६ प्रतिशत वित्तीय प्रगति देखिन्छ । समग्रमा गएको वर्ष कार्यालयको वित्तीय प्रगति ८० दशमलव ५८ प्रतिशत रहेको छ ।
पूर्वाधार कार्यालयले वहुवर्षिय सडकमा नागडाँडा–कार्किनेटा ९ दशमलव ५, हेल–अर्जुचौपारी ६ दशमलव २ र मिर्दि–क्याक्मी हुँदै तनहुँको भीमाद जोड्ने १० किलोमिटर सडक निर्माण सम्पन्न गरेको छ । उक्त सडक ढलान सहित झण्डै ४० किलोमिटर कालोपत्रे गरिएको कार्यालयले जनाएको छ ।
पूर्वाधार कार्यालयले ‘एक निर्वाचन क्षेत्र, एक कृषि सडक’ अन्तर्गत ढडुवा–ठूलाडिही–मर्सगा, खड्केटारी–पञ्चासे, आमडाँली–थापाडाँडा–रसखोला हुँदै केवँरे र दिमिक फाँटदेखि–अर्सेदीफाँट जोड्न कुल बजेट ३ करोड एक लाख ७३ हजारमा २ करोड ८३ लाख ६१ हजार खर्च गरेर सडक निर्माण गरेको छ ।
प्रादेशिक ‘क’ वर्गको सडकमा कुल विनियोजित ४ करोड ९० लाख ५० हजार बजेट मध्ये वालिङ–हुवास, ज्यामिरे–कोल्मा हुँदै थुम्कीडाँडा र शालिग्राम करिडोर लोकमार्ग २ करोड ८८ लाख १५ हजार खर्च गरेर निर्माण कार्य थालनी गरेको कार्यालयका निमित्त प्रमुख इन्जिनियर शिवजी प्रसाद ढुङ्गानाले बताए ।
“गएको आर्थिक वर्षमा स्थानीय पूर्वाधार विशेष कार्यक्रममा कुल २ करोड ९५ लाख बजेट थियो ।” निमित्त प्रमुख ढुङ्गानाले भने, “उक्त बजेटबाट मर्तमास–लोलुङ्ग मूलपानी सडक सम्पन्न भएको छ भने, थामडाँडा–गौखा हुँदै खाङराङ् भोर्ले र वयरघारी–बिरुवा खण्डमा २ करोड ७२ लाख ८६ हजारको लागतमा सडक निर्माणाधीन अवस्थामा रहेको छ ।”
कार्यालयले दिएको जानकारी अनुसार ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनामा १३ करोड ६२ लाख ४९ हजार बजेट रहेको थियो । उक्र बजेटबाट नागडाँडा–कार्कीनेटा र बायाँटारी–उदियाचौर सेतीबेनी सडक निर्माण सम्पन्न गरेको छ भने, दामाचौर–हिलामराङ्ग हुँदै घुर्पाल दग्दी सडक निर्माणाधीन रहेको छ । विनियोजित बजेटमा १३ करोड ४६ लाख ३७ हजार खर्च भएको छ ।
उता स्थानीय तहका केन्द्र जोड्ने सडकमा २१ करोड ४६ लाख ३ हजार मध्ये पुतलीबजार–बिरुवा खण्डको राङ्खोला–धोबादी सडक, स्याङजाको हरिनास–तनहुँको शुक्लागण्डकी–दुलेगौडा, विर्घा गहलाम–बनकसा र भीरकोट–अर्जुनचौपारी जोड्ने सडकमा २० करोड ५४ लाख ६४ हजार खर्च भएको छ ।
पूर्वाधार कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ मा ९ करोड ७१ लाख १७ हजार मध्ये ८ करोड ५० लाख ७८ हजारमा ६ वटा मोटरेबल पुल निर्माण थालनी गरेको छ भने, विनियोजित २८ लाख मध्ये २३ लाख ७२ हजारमा कटुजे–बडाचौर फेदीखोला र केवँरेखोला–ढाँवा अर्जुनचौपारीमा २ झोलुङ्गे पुल निर्माण गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार