पेरिस ओलम्पिक भिलेजमा खाना नपाएको खेलाडीको गुनासो
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार २०:१४:४८
१० साउन, काठमाडौं । पेरिस ओलम्पिक भिलेजमा खाना नपाएको गुनासो गरेका छन् । फ्रान्सेली अखबार 'एल इकाइपका अनुसार खेलाडीले ओलम्पिक भिलेजमा खानेकुरा र पेय पदार्थसँग सम्बन्धित गुनासो गरेका छन् । मिडिया रिपोर्टमा ओलम्पिक प्रतियोगीहरुले बुधबार खानाको मात्रा, विशेष गरी अण्डा र ग्रिल गरिएको मासु पर्याप्त नभएको बताएको उल्लेख गरिएको छ ।
पेरिस ओलम्पिक भिलेजमा आधिकारिक खानपान साझेदार सोडेक्सो लाइभले निश्चित उत्पादनहरूको उच्च माग रहेको पुष्टि गरेको छ । खेलाडीको आवश्यकतालाई ध्यानमा राखेर परिमाण बढाइने उसले बताएको रिपोर्टमा उल्लेख छ । ओलम्पिक भिलेजमा ओलम्पिक र पारा ओलम्पिक प्रतियोगितामा हरेक दिन ४० हजारलाई खान खुवाउने गरेको छ ।
ओलम्पिकका लागि खाना र पेय पदार्थ आपूर्ति गर्ने क्यारेफोर समूहका प्रवक्ताले भने, ‘सुरुमा खाद्यवस्तुको मात्रा बढाउन निर्देशन दिइएको थियो । हामी यो मात्रा पूरा गर्न सक्षम छौं । विश्वभरका १५,००० खेलाडीका लागि खानाको व्यवस्था गर्नु ठूलो काम हो ।' औपचारिक रुपमा शुक्रबारदेखि ओलम्पिक शुरु हुने भएपनि त्यस अघि नै बुधबारदेखि फुटबलसहित अन्य खेलहरू शुरु भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार