बागमतीमा मन्त्रालयको भागबण्डा नमिल्दा विथोलियो मन्त्रीको शपथ
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार २१:२४:३३
१० साउन, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या भन्दा मन्त्री बढी बनाएको र जिम्मेवारी फेरबदल गरेको विषयले उग्र रुप लिएको छ । जसका कारण आज साँझ ६ बजेलाई तय भएको शपथ ग्रहण कार्यक्रम अन्तिम समयमा आएर रोकिएको छ । बागमतीमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएर मन्त्रालयको भागबन्डा गरिएको थियो ।
जसमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्रालय र एमालेले ६ मन्त्रालय लिने सहमति भएको थियो । कुल १३ मन्त्रालयमध्ये ६ मन्त्रालयको भाग पाएको कांग्रेसले बुधबार नै ३ जना मन्त्री नियुक्ति गरिसकेको थियो । कांग्रेसले बिहीबार थप ४ मन्त्रीको शपथ ग्रहण गर्ने तयारी गरेपछि विवाद बढेको हो । कांग्रेसले जिम्मेवारीसहित सुरजचन्द्र लामिछाने, प्रभात तामाङ, मीनकृष्ण महर्जन र विमल ठकुरीलाई मन्त्रीको शपथग्रहण गराउने गरी साँझ साढे ५ बजेको समय निर्धारण गरेको थियो ।
ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, लामिछानेलाइ आन्तरिक मामिला तथा कानून मन्त्रालय, तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र महर्जनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको थियो । यसअघि बुधबार नियुक्त भई शपथ गरेका कुन्दनराज काफ्ले, श्याम बहादुर खड्का र मदु कुमार श्रेष्ठको जिम्मेवारी समेत तोकिएको थियो ।
जसमा काफ्लेले सामाजिक विकास मन्त्रालय, खड्काले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालय पाउने गरी जिम्मेवारी तोकिएको थियो भने श्रेष्ठको जिम्मेवारी पछि तोकिने गरी विना विभागीय मन्त्री बनाउने तय भएको थियो । सो निर्णयमा काफ्ले र श्रेष्ठले असहमति जनाएपछि शपथग्रहण कार्यक्रम भाँडिएको हो । काफ्लेले आर्थिक मन्त्रालय तोकेका थिए । तर उनलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी भएपछि काफ्ले मन्त्री पदमा नरहने निर्णयमा पुगेका थिए ।
त्यसैगरी विना विभागीय मन्त्री तोकिएपछि श्रेष्ठले जिम्मेवारी नतोकेसम्म अघि बढ्न नहुने अडान राखेपछि शपथग्रहण अन्योलमा परेको थियो । उत्ता नेकपा एमालेले भने कांग्रेसको निर्णयमा असहमति जनाएको छ । मन्त्रालयभन्दा बढी मन्त्री नियुत्त गर्न नहुने एमालेको भनाई छ । यसैबीच नयाँ मन्त्रीको स्वागतका लागि विभागीय मन्त्रालयका सचिवहरु गडी सहित प्रदेश प्रमुख कार्यालय पुगेकोमा शपथ ग्रहण कार्यक्रम विथोलिएपछि कर्मचारीको टोली र गाडीहरु रित्तै फर्किएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार