दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार ८:४३:८
११ साउन, काठमाडौं । अष्ट्रेलियाले ५५ वर्षपछि २१ जनाको ज्यान लिने एमभी नुनगाह जहाज फेला पारेको छ । बीबीसीका अनुसार यो जहाज २३ अगस्ट १९६९ मा न्यू साउथ वेल्सबाट टाउन्सभिलतर्फ प्रस्थान गरेको थियो । स्टिलले भरिएको कन्टेनर बोकेको जहाजमा ५२ जना सवार थिए । अगस्ट २५ सम्म, यो खतरनाक आँधीको सामना गर्दा ३१५ किलोमिटर अगाडि बढेको थियो । यसको गति ११० किलोमिटर प्रतिघण्टा भन्दा बढी थियो, जसलाई जहाजले सम्हाल्न नसकेर डुबेको थियो ।
जहाज डुबेपछि अस्ट्रेलियाली सेनाले इतिहासकै सबैभन्दा ठूलो समुद्री खोजी गरेको थियो । सेनाले विमान, हेलिकप्टर र पानीजहाज लिएर एमभी नुनगाहको खोजी गर्न निस्क्यो । केही घण्टामै जहाज फेला पर्यो र चालक दलका ५ सदस्यसहित २६ जनाको उद्धार गरियो । जहाज डुबेको १२ घण्टापछि पनि अस्ट्रेलियाली सेनाले मानिसलाई काठमा तैरिरहेको फेला पारेको थियो । त्यस बेलादेखि जहाज भने भेटिएको थिएन ।
गत महिना, कमनवेल्थ वैज्ञानिक र औद्योगिक अनुसन्धान संगठनका वैज्ञानिकहरूले जहाज पत्ता लगाउन खोजी सुरु गरेका थिए । यसका लागि उक्त स्थानमा उच्च प्रविधियुक्त जहाज पठाइएको थियो । वैज्ञानिकहरूका अनुसार उनीहरुले जहाजको भग्नावशेष जमिनको सतहबाट १७० मिटर तल फेला पारेका छन् । यस जहाजको डिजाइन र आकार एमभी नुनगाह जहाजसँग मेल खाएको उनीहरुले बताएका छन् । अब सिड्नी प्रोजेक्ट अन्तर्गत जहाजको जाँच हुने रिपोर्टमा बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
मायादेवी सुत्केरी मार्गमा महिला ‘राइडर’को यात्रा
मंसिर ३०, २०८१ आइतबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
उधौली चाड हर्षोल्लासका साथ मनाइयो
मंसिर ३०, २०८१ आइतबार
गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ
मंसिर ३०, २०८१ आइतबार
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार