नेप्लिज डायस्पोरा नेपालको सहयोगी शक्तिः राजदूत पौड्याल
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार १०:३३:४५
११ साउन, क्याल्गेरी, क्यानडा । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले क्यानडाको क्याल्गेरीमा समुदाय, सामुदायिक पत्रकारिता र प्रविधिको प्रयोगका सम्बन्धमा अन्तरक्रिया सम्पन्न गरेको छ । गत शुक्रबार भएको अन्तरक्रियामा सहभागीहरूले समुदायका लागि सामुदायिक पत्रकारिताको महत्त्वमाथि प्रकाश पारेका थिए। पछिल्लो समय प्रविधिको विकाससँगै पत्रकारिता गर्ने माध्यम फेरिएको तथा त्यसले अवसर र चुनौती थपेको बताउँदै सहभागीहरूले समुदायले पनि सामुदायिक पत्रकारिताको विकासका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए ।
उनीहरुले सामुदायिक पत्रकारिता गर्न गाह्रो रहे पनि समयसँगै सामुदायिक पत्रकारिता व्यावसायिक बन्दै जाने विश्वास व्यक्त गरे । सो अवसरमा बोल्दै क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले नेपाल बाहिर बढिरहेको नेप्लिज डायस्पोरा नेपालको सहयोगी शक्ति भएको बताए । राजदूत पौड्यालले डायस्पोरा बलियो, समृद्ध र एकताबद्व हुँदा त्यसले नेपाललाई सदैव फाइदा पुग्ने उल्लेख गरे । राजदूत पौड्यालले नेप्लिज डायस्पोराको एउटा बलियो आधार सामुदायिक पत्रकारिता भएकाले यसलाई जोगाउनु सबैको जिम्मेवारी भएको बताए ।
कार्यक्रममा युनिभर्सिटी अफ ओट्टवाका प्राध्यापक डा. भानुभक्त आचार्यले विषय वक्ताको रुपमा प्रस्तुति दिँदै समुदायसँग सरोकार राख्ने र समुदायलाई सूचना दिने सामग्रीहरू सामुदायिक पत्रकारिताले उठाउनुपर्ने बताए । विषय वक्ता डा. आचार्यले ‘न्युज मिडिया’ र ‘सोसल मिडिया’ बीच रहेको फरकका सम्बन्धमा प्रस्ट पारेका थिए । डा. आचार्यले समुदायले पनि पत्रकारिता र प्रचारकारिताबीचको फरक थाहा पाई पत्रकारिताको विकासमा योगदान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रमको अध्यक्षता गरेका नेजाका अध्यक्ष सुरज भण्डारीले नेजाले समुदायलाई आवश्यक पर्ने सूचना एवं विषयवस्तुलाई नियमित रुपमा भर्चुअल माध्यममार्फत आम समुदायबीच प्रवाह गर्ने बताए । अध्यक्ष भण्डारीले नेजामा उत्तर अमेरिकामा बसोवास गर्ने नेपाली पत्रकारहरूको संलग्नता रहेको हुँदा सबैले हातेमालो गर्दै पत्रकारिताको माध्यमबाट समाजसेवा गर्न सबै पत्रकारलाई आग्रह गरे ।
नेजाका महासचिव बाबुराम दाहालको सञ्चालन र सदस्य प्रकाश क्षेत्रीको स्वागत रहेको कार्यक्रममा एनआरएनए, क्यानडाका अध्यक्ष माधव दुलाल, पूर्वअध्यक्ष विनोद केसी, दीपक गौतम, सम्राट थापा, एनआरएनए आईसीसी सदस्य हेमराज पाण्डेय, नेप्लिज कम्युनिटी सोसाइटी अफ क्याल्गेरीका अध्यक्ष प्रकाश बस्याल, पूर्वअध्यक्ष श्रीकान्त अर्याल, उपाध्यक्ष सूर्य अधिकारी, क्याल्गेरी नेप्लिज कम्युनिटी एसोसिसएसनका पूर्वअध्यक्ष दिनेश घिमिरे, अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष समीर पाण्डे, उपाध्यक्ष दिवस ढकाल, गुल्मेली समाज क्याल्गेरीका अध्यक्ष राजेन्द्र गौतम, नेवा सोसाइटी अफ क्याल्गेरीका अध्यक्ष हेमन्त महर्जन, सामाजिक अभियन्ताहरू राजेन्द्र पोखरेल, अनन्त आचार्य, शर्मिला रानाभाट, जानुका अर्याल, स्पन्दना आचार्य, बबिता अधिकारी, छवि अर्याल, विकास ढकाल, जगदीश चापागाईं, नरेश पोखरेल, सुमन चौलागाईं,राजीव शर्मा, विश्व भण्डारी, डम्बर सेञ्चुरी, विष्णु बजगाईं, टेक क्षेत्रीले समुदायको तर्फबाट धारणा राखेका थिए ।
यसैगरी, कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहरू बालमुकुन्द नेपाल, उमा ढकाल, सोमेश बर्मा, प्रमोद पोखरेल, एसपी गौतम, नरेश पोखरेल, कुसुम ज्ञवाली, युवराज पौड्यालले धारणा राखेका थिए । नेजाका क्यानाडा संयोजक गोकर्ण लामिछाने र सदस्य प्रकाश क्षेत्रीको संयोजनमा कार्यक्रम भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
बीजेपीमा गए आम आदमी छोडेका गहलोत
मंसिर ३, २०८१ सोमबार
राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
मंसिर ३, २०८१ सोमबार
रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति
मंसिर ३, २०८१ सोमबार
प्रधानन्यायाधीश राउतको नजरमा पूर्वसभामुख ढुंगाना
मंसिर ३, २०८१ सोमबार
आँखाको निःशुल्क शल्यक्रिया दुर्गम जिल्लाका नागरिकका लागि बरदान
मंसिर ३, २०८१ सोमबार