यस वर्षको मौद्रिक नीति पारित, घरजग्गा र शेयरबजार नीति लचिलो हुनेमा आशावादी
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार ११:४:५४
११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति पारित गरेको हो । मध्यान्ह राष्ट्र बैंकको नयाँ कार्यालयमा मौद्रिक नीति सार्वजनिक गरिन लागेको छ । घरजग्गा र शेयरबजार मौद्रिक नीति लचिलो हुनेमा सबै विश्वस्त छन् । लचिलो कार्यदिशा राखिएको मौद्रिक नीति विगतका दुई वर्षभन्दा बढी कर्जा विस्तार गर्ने गरी आउने अनुमान गरिएको छ ।
कर्जा विस्तारको लक्ष्य गत वर्षकै हाराहारीमा भए पनि नियामकीय प्रावधान केही खुकुलो बनाएर दोहोरोअंकको कर्जा विस्तार होस् भन्ने गभर्नर लगायतको चाहना छ । स्रोतका अनुसार विगतमा भन्दा लचिलो मौद्रिक नीति आउँछ । शिथिल रहेको अर्थतन्त्र चलायमान बनाउन र बैंकहरूको खस्कँदो सम्पत्तिको गुणस्तर सुधार हुने गरी प्रमुख मौद्रिक औजारमा सामान्य हेरफेर गर्दै नियामकीय नीतिहरू परिमार्जन गर्ने गरी मौद्रिक नीति तयार भएको बताइएको छ ।
मौद्रिक नीति आर्थिक गतिविधि चलायमान बनाउनेमा नै हुने अपेक्षा गरिएको छ । मौद्रिक नीतिलाई बाँधेर राखेको नियामकीय नीतिमा आवश्यक परिमार्जन गर्नेमा मौद्रिक नीति लक्षित रहेको छ । केन्द्रीय बैंकले आफ्नो क्षेत्राधिकारभित्र रहेर शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ११, २०८१ बिहिबार
आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
५ महिनामा १ अर्ब ७६ करोड युनिट बिजुली बिक्री, १३ अर्ब ४ करोड आम्दानी
पुष ११, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार