कोशी प्रदेशमा विवाहित महिला लक्षित सौन्दर्य प्रतियोगिता 'मिसेस पुर्बेली आईकन' हुँदै
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार ११:३४:३४
११ साउन, इटहरी । विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता 'मिसेस पुर्बेली आईकन-२०२४' आयोजना हुने भएको छ । कोशी प्रदेशमा आयोजना हुने यो प्रतियोगिताको पहिलो संस्करण हो ।
ओपन स्पेस प्रालीको आयोजना तथा कालापत्थर नेटवर्कको व्यवस्थापनमा हुने यो प्रतियोगिता विवाहित महिलाहरूको सौन्दर्य मात्रै नभएर महिला सशक्तीकरणको एउटा माध्यमको रुपमा स्थापित गर्न खोजिएको आयोजक संस्था ओपन स्पेसका संचालक तथा यो प्रतियोगिताको निर्देशक सरोज श्रेष्ठले बताए ।
विवाहपस्चात पनि महिलाहरुले गृहस्थी जीवन निर्वाह गर्ने मात्रै हैन आफुभित्र भएको कलाकौसल देखाउन पाउनुपर्छ । जसको लागी विवाहित महिलाहरूलाई 'मिसेस पुर्बेली आईकन-२०२४' उपयुक्त माध्यम बन्न सक्ने निर्देशक श्रेष्ठको भनाई छ । यो प्रतियोगिताको पहिलो अडिसन यहि शनिबार अर्थात श्रावण १२ गते इटहरीमा हुनेछ । इटहरी अवस्थित गोरखा होटलको सभाहलमा बिहान ११ बजेदेखी अडिसन सुरु हुने बताईएको छ ।
अडिसनमा सहभागी हुन २० वर्ष भन्दा माथी उमेर भएको र विवाहित महिला हुनुपर्ने छ भने कोशी प्रदेशका जुनसुकै ठाउँबाट पनि सहभागीता जनाउन सकिनेछ । उचाई र मोटाईको भने कुनै हद तोकिएको छैन ।
अडिसन पश्चात् छनौटमा परेका प्रतिस्पर्धीहरुलाई विभिन्न प्रशिक्षण तथा सौन्दर्यता, ज्ञानवर्धक र र्याम्प वाल्कको तालिमहरू समेत प्रदान गरिनेछ । यो प्रतियोगिताको कोरियोग्राफर सुभेक्षा कार्की हुन् । विजेताले ५० हजार नगद सहित अन्य थुप्रै उपहारहरू पाउनेछन् । 'मिसेस पुर्बेली आईकन-२०२४'को ग्राण्ड फिनाले भदौको अन्तिममा इटहरीमै हुने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार