मनोहरा खोलाले कटान गरेको ठाउँमा अस्थायी तटबन्ध निर्माण
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार ११:४०:५२
११ साउन, काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुह्वेश्वरी गण दुवाकोटबाट खटिएको सुरक्षा फौजले अविरल वर्षाको कारण भक्तपुरको मनोहरा खोलामा आएको बाढीले कटान गरेको ठाउँहरुमा अस्थायी तटबन्ध निर्माण गर्नुकोसाथै पहिरोले अवरुद्ध भएको सडक खुलाएको छ।
मध्यपुरथिमी नगरपालिका–९ स्थित मनोहरा खोलाले कटान गरेको डिप बोर्डिङमा अस्थायी तटबन्ध निर्माण गरिएको छ । त्यस्तै मध्यपुरथिमी नगरपालिका–९ र काठमाडौंको कागेश्वरी नगरपालिका–७ को बीच भागमा रहेको मनोहरा पुल नजिकैको खाजा घरमा अविरल वर्षासँगै आएको बाढिले कटान गरेपछि जेसीबीको सहयोगमा सो ठाउँमा अस्थायी तटबन्ध निर्माण गरेको हो ।
त्यसैगरी मध्यपुरथिमी नगरपालिका–९ स्थित गणेश मन्दिर जाने स्थानमा अविरल वर्षाको कारण पहिरो आई अवरुद्ध भएको सडक खुलाईएको हो । यसैगरी दिपज्योती महिला विकास बहुउद्देश्यीय सहकारी संस्था र चाँगुनारायण नगरपालिका वडा नं। ३ झौखेलको संयुक्त आयोजनामा साउन १० गते वृक्षारोपण गरिएको छ ।
चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित वडा कार्यालयको परिषरमा गरिएको वृक्षारोपण कार्यक्रममा नं। २२ गुहेश्वरी गण दुवाकोटका गणपति सशस्त्र प्रहरी उपरीक्षक वासुदेव लोहनीलाई विपद् उद्धार तथा व्यवस्थापनमा पुर्याएको योगदानको कदर गरी वडा कार्यालयले सम्मानपत्र प्रदान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार