बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार १२:२८:४७
११ साउन, काठमाडौं । बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तारमा नेपाली कांग्रेस भित्रको लफडाले शपथग्रहण रोकिएको छ। हिजो (बिहिबार) साँझ ६ बजेलाई तय भएको शपथग्रहण मन्त्रालयको संख्या एकलौटी बढाएको र आफ्ना मन्त्रीहरूलाई नसोधी जिम्मेवारी तोकेको विषयमा कुन्दन काफ्लले मुख्यमन्त्रीको कार्यकक्षमा लफडा गरेपछि शपथग्रहण रोकिएको छ ।
आफूले आर्थिक मामिला मन्त्री नपाएको र जिम्मेवारी हेरफेर भएको थाहा पाएपछि काफ्लेले मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड गर्न खोजेका थिए । उनले मुख्यमन्त्रीको कार्यकक्षको ढोकामा लात्ती हानेको र कांग्रेस कार्यकर्ता तथा मुख्यमन्त्रीका सहयोगीहरूलाई गालीगलौज गर्न थालेपछि शपथग्रहण रोकिएको एक प्रत्यक्षदर्शीले जनाएका छन् । यस विषयमा मन्त्री काफ्लेसँग जिज्ञासा राख्दा आफूले सामाजिक विकास मन्त्रीका रुपमा शपथ नलिने जानकारी मुख्यमन्त्री र प्रदेश प्रमुखलाई गराएको तर कुर्सी तोडफोड लगायतका अन्य अभद्र व्यवहार आफूले प्रदर्शन नगरेको नेपालबहसलाई बताए ।
बागमती प्रदेशमा मुख्यमन्त्रीसहित १३ मन्त्रालय रहेकोमा एमाले र कांग्रेसले ती मन्त्रालयको संख्या र मन्त्रालय यस अघि नै बाँडफाँट गरिसकेका थिए । जसमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ मन्त्रालय लिने सहमति भएको थियो । सहमतिबमोजिम एमालेले पाएको मन्त्रालयमा रहने गरि मन्त्रीहरूले हिजो नै शपथग्रहण गरेर बिहिबारबाट कामकाजमा लागिसकेका छन् । बुधबार एमालेसँग शपथ खाएका तीन जना कांग्रेसका बिना विभागीय मन्त्रीहरू बिहिबार मन्त्रालय पाउनेमा ढुक्क भएपनि दिने भनिएको मन्त्रालय नदिएको भन्दै काफ्लेले असन्तुष्टि जनाएका हुन् ।
मुख्यमन्त्री बहादुर सिंह लामाले बुधबार शपथ खाएका मन्त्रीलाई नसोधी उनीहरुको विभाग पनि तोकेका थिए । सत्ता साझेदार दल नेकपा एमालेलाई नसोधी बिहिबार कांग्रेसका चार जनालाई मन्त्री नियुक्त गरेका थिए । लामाले बिहीबार प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र विमल ठकुरी मन्त्री नियुक्त गरेपछि एमालेले त्यसमा असन्तुष्टि जनाउँदै शपथ ग्रहण समारोहबाट बाहिरिएको थियो । बुधबार ३ मन्त्रीहरू शपथ गराइसकेको कांग्रेसले बिहिबार थप चार मन्त्री नियुक्त गरेर सहमति उल्लंघन गरेको आरोप एमालेको थियो भने कांग्रेसको काफ्ले समूहले आफ्नो वरियता र मन्त्रालयको जिम्मेवारी हेरफेर गरेकोमा असन्तुष्टि जनाएकाे थियाे ।
कांग्रेसबाट बुधबार मन्त्री बनेका कुन्दनराज काफ्लेले आफूलाई आर्थिक मामिला मन्त्रालय दिने सहमतिलाई कुल्चँदै सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएको र सो जिम्मेवारी आफूले नलिने अडान राखेर असन्तुष्टि जनाएका थिए ।
लामाले आज मन्त्री नियुक्ति गरेका प्रभात तामाङलाई अर्थको जिम्मेवारी दिएपछि काफ्ले बिच्किएका थिए । मुख्यमन्त्री लामाले प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुद मन्त्रालय, कुन्दनराज काफ्लेलाई सामाजिक विकास मन्त्रालय, श्यामबहादुर खड्कालाई खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय,विमल ठकुरीलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र मदुकुमार श्रेष्ठलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी तोकेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार