२३ वर्षपछि बैंकहरुको सम्पत्ति व्यवस्थापन गर्न छुट्टै कम्पनी खडा गर्ने राष्ट्र बैंकको घोषणा
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार १३:३४:१०
११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले २३ वर्ष अघि एसेट म्यानेजमेन्ट कम्पनी अर्थात बैंक तथा वित्तीय संस्थाको निस्किृय सम्पत्ति र गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न एउटा छुट्टै बैंक खोल्ने नीति लिएको कुरा आज नीतिमै ल्याएको छ । यसका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाका लागि सम्पत्ति व्यवस्थापन कम्पनी ऐनको मस्यौदा तर्जुमा गर्ने भएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो व्यवस्था गर्ने बताएका हुन् । सम्पत्ति व्यवस्थापन गर्नुपर्ने विषयमा विगत लामो समयदेखि विषय उठ्दै आइरहेको थियो । यही विषयलाई समाधान गर्ने गरी राष्ट्र बैंकले बैंकहरूको गैंर बैकिङ सम्पत्ति व्यवस्था गर्ने लक्ष्यसहित कम्पनी नै खडा गर्ने नीति लिएको हो ।
शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एसेट म्यानेजमेन्ट कम्पनी स्थापनाको प्रक्रिया थालिने बताए । एसेट म्यानेजमेन्ट कम्पनीलाई ब्याड बैंक भनिन्छ । यस्तो कम्पनीले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति खरिद गरेर सल्टाउने काम गर्दछ । ब्याड बैंक बैंकहरुको खराब कर्जाको व्यवस्थापन गर्नका लागि बनाइएको विशेष प्रकृतिको वित्तीय संस्था हो ।
नेपालको पहिलो मौद्रिक नीतिमा सम्पत्ति व्यवस्थापन कम्पनी (ब्याड बैंक) खोल्ने उल्लेख गरेको थियो । त्यसपछिको बजेटमा पनि उल्लेख भएअनुसार ब्याड बैंक स्थापनाका लागि अध्यादेश मस्यौदा तयार भएको थियो । गएको २३ वर्षसम्म पनि ब्याड बैंक स्थापना हुन सकेको थिएन । आज राष्ट्र बैंकले मौद्कि नीतिमै व्यवस्था गरेर ल्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ११, २०८१ बिहिबार
आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
५ महिनामा १ अर्ब ७६ करोड युनिट बिजुली बिक्री, १३ अर्ब ४ करोड आम्दानी
पुष ११, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार