घोराही–रक्षाचौर सडक ३५ वर्षदेखि अधुरो, स्थानीयलाई सास्ती
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार १४:४१:४
![](https://nepalbahas.prixacdn.net/media/albums/ghorahi2023-10-13-02-33-03_MSFAX8nLSu_c2RpAZdnYX.jpg)
११ साउन, तुलसीपुर 'दाङ' । जिल्लाको मुख्य बजार घोराही–तुलसीपुर जोड्ने वैकिल्पक सडकका रुपमा रहेको घोराही–रक्षाचौर खण्ड निर्माण सुरु भएको ३५ वर्ष भइसकेको छ । विसं २०४५ देखि उक्त सडक निर्माण सुरु भए पनि हालसम्म पूर्णता पाउन सकेको छैन ।
करिब २१ किलोमिटर रहेको उक्त सडकको हालसम्म १० किमी मात्रै कालोपत्र भएको छ । सडकको ट्रयाक खोलिएको करिब ३५ वर्ष बितिसक्दा पनि स्तरोन्नति नहुँदा घोराही–तुलसीपुर यातायातमा कठिनाइ हुँदै आएको स्थानीयको भनाइ छ ।
सडक कालोपत्र गर्न पटकपटक सरोकार भएका निकायमा दबाब दिँदै आए पनि सुनुवाइ नभएको तुलसीपुर–४ का दोलकबहादुर खत्रीले बताए । “सडक सम्पन्न भएको अवस्थामा आवतजावतमा सहजता हुने थियो । यो क्षेत्र कृषि उत्पादनका हिसाबले राम्रो मानिन्छ”, उनले भने “सडक स्तरोन्नति भएमा यस क्षेत्रमा उत्पादित तरकारीलगायत सामग्री घोराही बार लगेर बिक्री गर्न सहज हुने थियो ।”
“सडक धेरै पहिला नै ट्रयाक खोलिएको हो । समयमा स्तरोन्नति नहुँदा कतै पुनःनयाँ ट्रयाक बनाउनुपर्ने स्थित छ भने कतै नाली बनाउनुपर्ने अवस्था छ”, तुलसीपुर–४ का वडाध्यक्ष तुलसी थापाले भने । करिब १० किलोमिटर सडक कालोपत्रे भइसकेको बताउँदै उनले बाँकी ११ किमीअन्तर्गत कतिपय स्थानमा नयाँ ट्रयाक र नाली बनाउनुपर्ने अवस्था रहेको जानकारी दिए ।
सडक निर्माणका लागि आफूले पटकपटक प्रदेश र सङ्घ सरकारलाई दबाब दिइरहेको वडाध्यक्ष थापाले बताए । घोराही, हापुर, निघुवार, अक्कासी, सङ्क्राम हुँदै रक्षाचौर जोड्ने सडकको ट्रयाक खोल्नेकाम पुरा भएपनि स्तरवृद्धि नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ ।
घोराही–रक्षाचौर खण्डको कौवाखोली–कल्लेखोलासम्मको सडक स्तरोन्नति हुन सकेको छैन । उक्त सडकका लागि परेको बजेट कटौती हुँदै गएको छभने परेको बजेट पनि फ्रिज हुने गरेको वडाध्यक्ष थापाले जानकारी दिए । घोराही–तुलसीपुर जोड्ने वैकिल्पक सडक नहुँदा यात्रीले सास्ती भोग्नुपरेको स्थानीय बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकहिले बनिसक्छ बबरमहलमा भासिएको सडक ?
फागुन ३, २०८१ शनिबार
दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित
फागुन ३, २०८१ शनिबार
काठमाडौं उपत्यकामा अत्यधिक बढ्यो प्रदूषण, ५४ प्रतिशत बढी सवारीसाधन मापदण्डविपरीत
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार